कोरोनाले कक्षा ११ को परीक्षा शुल्क फिर्ता हुने
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार २२:४:२७
२२ साउन, काठमाडौं । कोरोना भाइरस संक्रमण त्रासका कारण कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा फाराम भरेकाको पैसा फिर्ता गर्ने भएको हो ।
संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि विद्यार्थीको पैसा सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने बोर्डले जनाएको छ। तर परीक्षाको लागि लिएको ६ सय रुपैंया मध्ये प्रति विद्यार्थी चार सय मात्रै फिर्ता दिने निर्णय बोर्डले गरेको छ।
दुई सय रुपैंया परीक्षाको तयारी तथा प्रश्नपत्र छपाइ लगायतमा खर्च भएकोले फिर्ता दिन नसकिने बोर्डको भनाइ छ। उक्त रकम विद्यार्थीको कक्षा १२ को परीक्षा फाराम भर्ने समयमा मिनाहा गर्ने पनि बोर्डले जनाएको छ।
बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भने आफैँ सञ्चालन गर्दैछ। कक्षा ११ को परीक्षा भने सम्बन्धित विद्यालयले सञ्चालन गर्नेछन्। पुरक तर्फका विद्यार्थीको शुल्क ट्रान्सकिप्ट लिने बेला मिलान गरिनेछ। बोर्डले परीक्षा सञ्चालन गर्दा परीक्षा आवेदन बापत ६ सय र रजिस्ट्रेसन शुल्क बापत ४ सय गरी प्रति विद्यार्थी १ हजार रुपैयाँ शुल्क लिँदै आएको थियो।
यो वर्ष ११ कक्षामा जम्मा ५ लाख ३२ हजार विद्यार्थीले परीक्षा आवेदन फारम भरेका थिए। बोर्डमा कक्षा ११ को परीक्षा शुल्क रजिस्ट्रेसन बापत ५३ करोड २० लाख रुपैयाँ जम्मा भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
सर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्
बैशाख १५, २०८१ शनिबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार