तस्करीकाे हरियो मटरसहित मिनीट्रक नियन्त्रणमा, तस्कर साह फरार
नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार ०:४१:४१
२२ साउन, मोरङ । अवैध रुपमा भारततर्फ चोरी निकासी गर्दै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ६ हजार २ सय ५० केजी हरियो मटरसहित को.१ ख ४८८७ नम्बरको मिनीट्रकलाई धनपालथान गाउँपालिका-२ पौठाबाट बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त स्थानमा हरियो मटरको अवैध रुपमा चोरी निकासी भइरहेको भन्ने खबर प्राप्त हुनासाथ सीमा प्रहरी चौकी मायागंजबाट खटिएको प्रहरीलाई देखेर मिनीट्रक नै छाडेर चालक फरार भएपछि प्रहरीले उक्त ट्रकसहितको सामान नियन्त्रणमा लिएको हो ।
बरामद हरियो मटरसहितको ट्रक आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उक्त हरियो मटर धनपालथान गाउँपालिका-२ बस्ने दीलिप साहको रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । हाल फरार दीलिप साह र मिनी ट्रकका चालकको प्रहरीले खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार