संक्रमण बढेपछि सर्वोच्चकाे सेवा फेरि कटौती
नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार २:७:३८
२२ साउन, काठमाडौं । उपत्यकासहित देशैभर कोरोना भाइरसको संक्रमण बढेपछि सर्वोच्च अदालतले फेरि सेवा कटौतीको निर्णय गरेको छ । सर्वोच्चमै कार्यरत एकजनामा कोरोना संक्रमण देखिएपछि सेवा कटौतीको घोषणा गरेको हो ।
साउन ६ गते लकडाउन अन्त्य भएसँगै नियमति अवस्थामा फर्किएको अदालतको सेवा फेरि अत्याआवश्यक बाहेकका अरु काम नहुने गरी व्यवस्था मिलाइएको सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।
ढकालका अनुसार शुक्रबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता, रिट निवेदन दर्ता तथा सुनुवाइ, अन्तरिम आदेशमाथि छलफल, पुनरावेदन दर्ता, थुनुवा रहेकाको मुद्दा निवेदन, र पुनरावलोकन निवेदनमाथि मात्र सुनुवाइ हुनेछ।
सर्वोच्चले बाहिर संक्रमण बढेको र आफ्ना एक जना कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको अवस्थामा नियमित सेवा प्रवाह गरिरहनु उचित नहुने जनाएको छ।
सर्वोच्चले भदौ १ गतेदेखि ३० दिनभित्र लक डाउन अवधिमा रोकिएका सेवा प्रवाह हुने भनि यसअघि साउन ८ गते जारी गरेको सूचना भने यथावत रहेको ढकालले जानकारी दिए।
लकडाउन खुलेसँगै जिल्ला अदालतहरुले साउन ८ गतेदेखि रोकिएका हदम्याद, म्याद, तारिख, पेशी थाम्न समय दिएको थियो। तर सर्वोच्चको हकमा भने लामो दूरीका सवारी साधन चलेपछि र देशैभर पूर्ण रुपमा लक डाउन वा निषेधाज्ञा खुलेपछि भदौ १ गतेदेखि लागू हुने जनाएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार