सिकाइ सुधारका लागि अनिवार्य बन्दै प्राक्टिस बुक
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार २२:५०:५१
२५ साउन, काठमाडौं । चितवनस्थित भीमोदय माविले कक्षा ८ र १० मा सिकाइ सुधारका लागि गणित, विज्ञान र अङ्ग्रेजी विषयको प्राक्टिसबुक लागु गर्दै आएको छ । विद्यालयले ८ र १० मा डि.आर. सिंखडाको गणित विषयको प्राक्टिसबुकबाट अभ्यास गराउन शुरु गरेको दश बितिसकेको छ ।
सामुदायिक विद्यालयमा सिकाइ सुधारका लागि प्राक्टिस बुक क्याप्सुल जस्तै भएको विद्यालयका प्रअ डा. हरि कँडेल बताउँछन् । विद्यालयले सिकाइको दायरा बढाउन, विद्यार्थीलाई मिहिनेती र प्रतिस्पर्धी बनाउन प्राक्टिस बुकबाट अभ्यास गराउने र गृहकार्य दिने गरेको प्रअ डा. कँडेलले बताए ।
पाठ्यपुस्तकले पाठ्यक्रम सबै नसमेट्ने र अभ्यासका लागि प्रश्नहरुपनि धेरै नहुने भएकाले विषयगत ज्ञानको दायरा बढाउन विद्यालयहरुमा प्राक्टिस बुक अचुक अस्त्र सावित भएको उनले बताए । डा. कँडेलले भने–‘पाठ्यपुस्तकमा अभ्यासका लागि बढीमा २५ प्रश्न भए प्राक्टिस बुकमा २५० हुन्छन् । यसले पाठको कन्सेप्ट धेरै तरिकाले बुझाउने काम गर्छ ।’
कास्कीस्थित माछापुछ्रे माविले पनि विद्यार्थीहरुलाई प्राक्टिसबुकबाट अभ्यास गराउने गरेको छ । विद्यालयले बजारमा पाइने मात्रै होइन आफै तयार समेत गर्ने गरेको छ । विद्यालयका प्रअ सन्तोष आचार्य विद्यार्थीहरुको ज्ञानको दायरा बढाउन, मिहिनेती र प्रतिस्पर्धी बढाउन विद्यालय आफैले प्राक्टिसबुक छपाएर विद्यार्थीलाई अभ्यास गराउने गरिएको बताउँछिन् ।
पाठ्यपुस्तक पढाएको भरमा विद्यार्थी निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्दैनन्, कितावमुखी नभएर विषयमुखी बनाउँदै ज्ञानको दायरा बढाउन प्राक्टिस बुक अत्यावश्यक रहेको प्रअ. आचार्य बताउँछन् । विद्यालयले सामाजिक, अनिवार्य र ऐच्छिक गणित, जनसंख्या तथा वातावरणलगायतका प्राक्टिसबुक तयार पारेको छ । कक्षा ३ देखि ५ सम्मका लागि पनि सामान्य ज्ञानको प्राक्टिस बुक तयार पारिएका छन् । विषयको गहिराइसम्म पुग्न, धेरै शिराबाट विषयलाई बुझ्न विद्यार्थीहरुका लागि प्राक्टिसबुक अत्यावश्यक रहेको प्रअ आचार्य दाबी गर्छन् ।
काठमाडौं त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रअ हेरम्वराज कँडेल पनि विद्यार्थीलाई उत्कृष्ट बन्न र उत्कृष्ट विद्यार्थीलाई अभ्यास गर्न प्राक्टिसबुक अपरिहार्य रहेको बताउँछन् । विद्यालयले गणित, विज्ञान र अङ्ग्रेजी विषयको विभिन्न प्राक्टिसबुकबाट अभ्यास गराउने गरेको भन्दै प्रअ कँडेल वल्ड इज गोल्ड र प्राक्टिसबुक विद्यार्थीहरुका लागि अत्यावश्यक रहेको तर्क गर्छन् ।
शहर र अलिक सुविधा भएका ठाउँमा त शिक्षक र विद्यार्थीले विभिन्न माध्यमबाट थप सिक्न र खोज्न सक्ने भएपनि दुर्गम स्थानहरुमा प्राक्टिस बुक विद्यार्थीका लागि ज्ञान बढाउन र परीक्षाको तयारी गर्नका लागि महत्वपूर्ण हुने बताउँछन् । प्राक्टिसबुक बाट अभ्यास गरेका विद्यार्थीको सिकाइ नगरेका विद्यार्थीको भन्दा केही बढी पाइएको उनले अनुभव सुनाए ।
यसरी शिक्षक र विद्यार्थीहरुले सिकाइ सुधारका लागि प्राक्टिस बुक अत्यावश्यक रहेको बताइरहँदा सरकारले भने प्राक्टिस बुक र ओल्ड इज गोल्ड ‘प्रश्नहरुको संगालो’ मा रोक लगाउने निर्णय गरेको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ मा यस्तो व्यवस्था गरेको हो । निर्देशिकाको परिच्छेद–९को पाठ्यसामग्री व्यवस्थापन तथा मूल्यांकन सम्बन्धी व्यवस्थाको २५ को ६ मा यस्ता सामग्री विद्यार्थीका लागि प्रयोग गर्ने प्रयोजनका लागि स्वीकृत प्रदान नगरिने उल्लेख छ ।
शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले भने प्राक्टिस बुकमा रोक लगाउने सरकारको निर्णयलाई अदूरदर्शी भएको बताउँछन् । गरिब विद्यार्थीले किन्न नसक्ने कुरालाई ध्यानमा राखेर गरिएको निर्णय भए पुस्तकालयमा राखेर सबै विद्यार्थीलाई अभ्यासको अवसर दिने विकल्प अपनाउन सकिने उनको भनाइ छ ।
सरकारले यो उमेरका विद्यार्थीलाई पाठ्यपुस्तकबाहेकको ज्ञान बोझ हुन्छ भन्ने आशयले यो निर्णय गरेका भएपनि यो आशय पनि गलत हुने कोइरालाको भनाइ छ । फरक फरक तरिका र विधिअनुसार फरक स्रोतबाट ज्ञानलिने प्रचलन विश्वभरी रहेको भन्दै कोइरालाले पश्चिमा देशहरुमा एउटै विषय फरक फरक विद्यालयका शिक्षकहरुबाट लिनेदिने अभ्यास रहेको बताए । बन्द गर्ने होइन प्राक्टिसबुक अझै धेरै बनाउन दिनुपर्छ, यसका लागि शिक्षकहरुलाई प्रोत्साहित गर्नुपर्छ भन्दै कोइरालाले सिक्ने ज्ञान लिने विषयमा अंकुश लगाउँदा त्यसले उल्टै नोक्सान गर्ने तर्क गरे ।
कमजोर विद्यार्थीलाई कमजोर नै राख्ने काम सरकारबाट हुनु नहुने भन्दै सिकाइका लागि विद्यार्थीहरुलाई सबैखाले विकल्पहरु खुला राखिदिनुपर्ने उनको भनाइ छ । भीमोदय माविका प्रअ डा. कँडेल पनि सिकाइ सुधारका लागि क्याप्सुल जस्ता प्राक्टिसबुकलाई रोक लगाउन नहुने बताउँछन् । यसको संख्या उल्टै बढाउनुपर्ने भन्दै उनले गेस र गाइडसँग प्राक्टिस बुक र प्रश्नपत्रहरुको संगालोलाई दाज्न नहुने बताए ।
विश्वनिकेतन माविका प्रअ कँडेल प्राक्टिस बुकमा रोक लगाएर सरकारले शैक्षिक ज्ञानको बन्ध्याकरण गर्न खोजेको आरोप लगाए । सरकारले गरेको निर्णयलाई आलोकाँचो भन्दै प्रअ कँडेलले यस निर्णयले सामुदायिक विद्यालयको सिकाइलाई झनै साघुँर्याउने काम गर्ने तर्क गरे । माछापुछ्रे माविका प्रअ आचार्य पनि विद्यार्थीको अतिरिक्त सिकाइको बाटो बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले तत्काल फिर्ता लिनुपर्ने बताउँछन् ।
यता, शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेको धारणा भने फरक छ । उनी प्राक्टिसबुकबाट अझ माथि उठेर वर्कबुकहरु बनाउँदै जानुपर्ने बताउँछन् । स्कूलक भित्रको वातावरण सुधार्दै वर्कबुक प्रणालीमा जानुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार