शुक्रबार , कार्तिक १४, २०७७

ग्लोबल आइएमई लघुवित्त मर्जरमा जाने तयारीमा

ग्लोबल आइएमई लघुवित्त मर्जरमा जाने तयारीमा

१२ भदाै, काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर वा प्राप्ति दुवै विकल्पमा जानको लागि बाटो खोलेको छ । संस्थाले उपयुक्त वित्तीय संस्था अध्ययन गरी मर्जर वा प्राप्तिको कार्य गर्नका लागि एकजना गैर कार्यकारी संचालकको संयोजकत्वमा तीन सदस्य समिति बनाएको हाे ।

संस्थाको भदौ १० गते बसेको ११६ औं बैठकको निर्णय अनुसार सुशोभन देवकोटाकाे संयोजकत्वमा अनिमेश हलवाई सदस्य र हरिकृष्ण जोशी सदस्य सचिव रहेको समिति गठन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव किरण कुँवरले बताएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय