दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किए
नेपालबहस संवाददाता
भदौ १५, २०७७ मंगलबार ४:५७:२०
१५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट १५५ यात्रु र एक बच्चा काठमाडौँ ल्याएको छ ।
थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दोहाबाट समान एक उडान गर्नेछन् । दुवै एयरलाइन्सका जहाज आज राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ ।
मङ्गलबार पनि नेपाल एयरलाइन्सका दुई र हिमालय एयरलाइन्सका दुई तथा एयर अरेबियाको एक गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् । नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ । एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ ।
आन्तरिकतर्फ आज सात वायु सेवा कम्पनीले चार्टर्ड उडान भरेका छन् । समिट एयरले डोल्पा र सिमिकोट एक एक उडान गरेको छ । मनाङ एयरले फाप्लु, कैलाश हेलीले बुटवल र सीता एयरले सुर्खेत र नेपालगञ्जमा उडान गरेको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार