तनहुँमा ट्राफिक प्रहरीको नमस्कार अभियान
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार १५:१५:३
१७ भदौ, तनहुँ । जिल्ला ट्राफिक कार्यालय तनहुँले चालक र आम नागरिकलाई मंगलबारदेखि नमस्कार अभियान थालेको छ । आमनागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको हो ।
पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा सवारी जाँच गर्दै उक्त अभियान शुरु गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रेशमबहादुर रानाभाटले जानकारी दिए । प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा निर्देशन भइसकेको उनले बताए । उक्त निर्देशन जारी भएपछि अधिकांश जिल्लाले यस अभियानलाई व्यवहारमा लागू गरिसकेको उनले जानकारी दिए ।
यस अभियानअन्तर्गत जाँचचौकी, सीमानाका र कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी, कर्मचारीले सेवाग्राहीलाई आदारयुक्त सम्बोधनसहित नमस्कार गर्दै तोकिएको कानूनबमोजिमको काम सम्पन्न गरी अन्त्यमा पुनः नमस्कार गरेर बिदाइ गर्नुपर्ने प्रावधान रहेको छ ।
ट्राफिक प्रहरीले आमनागरिकमाथि हुने गरेको दुव्र्यवहारको आरोपलाई चिर्दै उनीहरुको आचरणमा फरकपन दिनका लागि यो अभियान थालिएको हो । आमनागरिकप्रति उत्तरदायी भएर आफ्नो भूमिका निर्वाह गर्न तनहुँका ट्राफिक प्रहरी प्रतिबद्ध रहेको उनले बताए ।
चालक र आम नागरिकलाई शिष्टाचार व्यवहार गर्ने अभियान थालेको पहिलो दिनमै रु २० हजार ५०० राजश्व सङ्कलन भएको छ । करिब डेढ घण्टाको अवधिमा सवारी जाँच गर्दा २५ विभिन्न सवारीलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्रक, जिप, मोटरसाइकल, ट्र्याक्टरलगायतका सवारीसाधनले ट्राफिक नियमविपरीत सवारी साधन चलाएको भेटिएकाले कारबाही गर्दा सो रकम सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रानाभाटले बताउनुभयो । यस अभियानलाई निरन्तरता दिई सवारी जाँचलाई कडाइ गर्दै अघि बढ्ने योजना रहेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार