शनिबार , असोज १०, २०७७

ढोरपाटनको आधादर्जन बस्ती क्षेत्रमा खानेपानीको समस्या

ढोरपाटनको आधादर्जन बस्ती क्षेत्रमा खानेपानीको समस्या

२६ भदौ, गलकोट । बाढीले खानेपानी योजनाको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी बगाउँदा बागलुङको ढोरपाटन नगरपालिकासहित आधादर्जन बस्तीमा खानेपानीको समस्या भएको छ ।

ढोरपाटनको भूजिखोलामा आएको बाढीले सो क्षेत्रमा पानी वितरण गर्ने पाइप लाइन, मुहान र ट्यांकी क्षतिग्रस्त बनाएपछि खानेपानीको समस्या भएको हो । यही भदौ १७ गते राति आएको बाढीले सो क्षेत्रका आधा दर्जनभन्दा बढी गाउँका ८० घर बगाएको छ भने ७० घरमा क्षति पुगेको छ । बाढीमा हालसम्म २१ जनाको मृत्यु भइसकेको छ भने १७ जना अझै वेपत्ता छन् ।

ढोरपाटन नगरपालिका–९ स्थित सुर्तिवाङमा पहाड फुटेर खसेको पहिरोले भूजिखोला थुनेर बाढी ल्याएको थियो । बाढीले ढोरपाटन नगरपालिका–९ का बस्ती बगाएपछि आफन्तकोमा आश्रय लिएका बाढीपीडितले खानेपानी नपाएको गुनासो गरेका छन् ।

बाढीले क्षति पु¥याएको ढोरपाटन नगरपालिका–९ का द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरुदुङ र लाकुरीबोट गाउँमा खानेपानीको समस्या भएको स्थानीयवासी सम्मरबहादुर बिकले बताए । “सडक, सञ्चार, खानेपानी नहुँदा सर्वसाधारण समस्यामा छन्”, उनले भने, “घरखेत त बाढीपहिरोले लग्यो, गाउँ छाडेर आफन्तको शरणमा छौं, पानीसमेत खान पाइएको छैन ।” शुद्ध पानी पिउन नपाउँदा झाडापखलाले विस्थापितलाई सताउन सक्ने चिन्ता थपेको उनको भनाइ छ ।

बाढीपहिरोले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएको लाकुरीबोटका भीम बहादुर बिकले बताए । “बाढीले विभिन्न ठाउँका खानेपानी मुहान, वितरण लाइनका पाइप र ट्यांकीसमेत बगाउँदा समस्या भएको छ”, उनले भने, “घरैको धारमा आउनेपानी बाढीका कारण बन्द भएकाले २० मिनेट हिडेर कुँवाको पानी लिन जानुपर्ने बाध्यता छ ।”

तत्कालै खानेपानीको व्यवस्थापन गर्न समस्या भएको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष हरीबहादुर घर्तीले बताए । उनका अनुसार बाढीले २० किलोमिटर क्षेत्रमा क्षति पु¥याएका कारण तथ्याङक सङ्कलनमा केही समस्या भएको छ । राहत र उद्धारमै खटनुपरेका कारण खानेपानीतर्फ ध्यान पु¥याउन समस्या भएको हो । “बस्ती नै बगाएको छ, खानेपानी, विद्युत् तथा सञ्चार बिच्छेद भएका छन्” उनले भने, “खानेपानीको पुरानो अवस्था कस्तो थियो भन्ने नै छैन, तत्कालै राहत र उद्धारमा लागेका कारण खानेपानीको व्यवस्थापन हुन सकेको छैन ।”

अझै वर्खाको समय भएकाले बाढीग्रस्त क्षेत्रभन्दा केहीमाथी मूलभएपनि हिउँदमा खानेपानीको चरम समस्या हुने अनुमान गरिएको छ । बाढीले बस्तुभाउ समेत बगाउँदा दुर्घन्दको जोखिम समेत उतिकै रहेको छ । शुद्धपानीको अभावमा खोल्साको पानी पिउँदा झाडापखला तथा अन्य रोगको समेत जोखिम सम्भावना रहेको स्थानीयवासी बताउँछन् ।

तत्काल किटाणु मार्ने औषधि हालेर खानेपानीमा प्रयोग गर्नका लागि गण्डकी प्रदेश सरकारले सम्बन्धित सबैमा आग्रह गरेको छ । यसका लागि प्रदेश सरकारले आवश्यक औषधिसमेत बाढीपीडितलाई वितरण गर्न थालेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १८ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले