बुधबार , असोज १४, २०७७

अफगान सरकार र तालिबान वार्ता टोलीसँग पोम्पेओले छुट्टाछुटै वार्ता गर्ने

अफगान सरकार र तालिबान वार्ता टोलीसँग पोम्पेओले छुट्टाछुटै वार्ता गर्ने

२७ भदौ, एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कतारको दोहामा अफगानिस्तानको सरकार र विद्रोही तालिबानहरुको शान्ति वार्ता टोलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । कतारको दोहामा आजदेखि अफगान सरकार र तालिबानबीच शान्ति वार्ता शुरु हुन लागेको छ । सो वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुगेका छन् ।

उनी शुक्रबार नै कतार पुगेका हुन् । उनले अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता सबैभन्दा लामो युद्ध अन्त्य गर्ने अमेरिकाको एउटा पहल भएको बताए । हाल दोहामा रहेका अफगानिस्तान सरकारको शान्ति वार्ता टोली र तालिबानहरुको शान्ति वार्ता टोलीसँग उनले छुट्टाछुट्टै भेटवार्ता गर्न लागेको कतारको दोहामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिबानसँग हुन गइरहेको शान्ति वार्ताको मध्यस्थता गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ कतारको दोहा जाने जानकारी हिजो नै दिएका थिए ।

गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाका बीचमा कतारको राजधानी दोहामा भएको सम्झौता पछि अफगान सरकार र तालिबान समूहबीच वार्ताको तयारी शुरु हुन लागेको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले