आइतबार , असोज ११, २०७७

डेब्यु खेलमै जेम्सको प्रभाव : टोटेनह्याममाथि एभर्टनको जित

डेब्यु खेलमै जेम्सको प्रभाव : टोटेनह्याममाथि एभर्टनको जित

२८ भदौ, एजेन्सी । डेब्यु खेलमै जेम्स रोड्रिग्वेजले आफ्नो प्रभाव देखाएपछि प्रिमियर लिगमा एभर्टनले विजयी शुरुवात गरेको छ । आइतबार राती टोटेन्हयामलाई १-० गोलले हराउदै एभर्टनले विजयी शुरुवात गरेको हो ।

निकै प्रतिष्पर्धात्मक खेलमा दोस्रो हाफतिर एभर्टनले विजयी गोल गरेको हो । उसका लागि डोभिनिक काल्भर्ट लेविनले गोल गरे । लुकास डेग्नीले सेन्टरबाट दिएको हाई पासलाई लेविनले हेड गोल गरेका हुन् ।

जोसे माउरिन्टहोको टिमले नयाँ सिजनमा पनि खराब शुरुवात गरेको छ । म्यान्चेष्टर युनाईटेडपछि टोटेन्हयामको प्रशिक्षक भएका उनले गत सिजन पनि टिमलाई खासै जिताउन सकेनन् ।

ह्यारी केन, डेल अलि, संहहिंग सन जस्ता खेलाडी हुँदा पनि उनको टिमले खराब प्रदर्शन गर्दै आएको छ । रियल मड्रिडका पूर्व प्रशिक्षक कार्लो एन्सेलोट्टीको टिमले पराजित गर्दा रियलकै पूर्वप्रशिक्षक समेत रहेका माउरिन्होको यो सिजन पनि निराशाजनक हुने देखिएको छ ।

जेम्सको प्रभाव

रियल मड्रिडबाट २० मिलियन पाउण्डमा प्रिमियर लिग क्लब एर्भटन आएका जेम्स रोड्रिग्वेजले डेब्यु खेलमै प्रभाव छाडेका छन् । टोट्नह्यामविरुद्धको खेलमा उनले गोल नगरेपनि टिमबाट विजयी शुरुवात गरेका छन् ।

प्रिमियर लिगको सातौ आठौ टिमका लागि यो खुशीको कुरा हो । जेम्सले डेब्यु खेलमै पाँच वटा ठुलो गोल सिर्जना गरेका थिए । प्रिमियर लिगमा यो कुनै पनि डेब्यु खेलाडीको लागि राम्रो प्रभाव र तथ्यांक हो ।

यसअघि सन् २०१४ मा एलेक्सि सान्चेजले आर्सनलमा डेब्यु गर्दा पहिलो खेलमै पाँच वटा गोल सिर्जना गरेका थिए । त्यसपछि सन् २०२० मा रोड्रिग्वेजले प्रिमियरमा लिगमा डेब्यु खेलमै सबैभन्दा बढी गोलका लागि मौका सिर्जना गर्नेमा आफनो नाम खेलेका हुन् ।

पहिलो खेलमै बलियो प्रतिद्धन्द्धी टोटेनह्यामलाई हराउनु एभर्टनका लागि पनि सुखद कुरा हो । जसमा जेम्समको प्रभाव मात्रै होइन, ठूलो भूमिका समेत छ । रियलमा छँदा ला लिगा, च्याम्पियन्स लिग, क्लब वल्र्डकप लगायत सबै उपाधि जितेका जेम्स पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानको रोजाईमा पर्न छाडेपछि एभर्टन आएका हुन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले