आफ्नो दोस्रो फिल्ममा एक्सन गर्दै सुहाना
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बिहिबार ३:१७:२९
३१ भदौ, काठमाडौं । सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । आमा झरना थापाले निर्देशन गरेको फिल्मबाट अभिनय करिअर थालनी गरेकी उनले पहिलो फिल्मबाटै सफलताको सुख प्राप्त गरिन् । फिल्ममा उनको अभिनय पनि निकै रुचाइयो । डेब्यू फिल्मबाटै उनले डि सिने अवार्ड र कामना अवार्डमा नव अभिनेत्रीको अवार्ड समेत उचाल्न सफल भइन् ।
अमेरिकामा अध्ययन गरेर फर्किएकी उनी लकडाउनअघि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिइन् । यसमा उनको जोडी अभिनेता अनमोल केसीसँग बाँधिएको छ ।
सुनिल कुमार थापा निर्मित ‘ए मेरो हजुर ४’ यस वर्षको दशैंमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाको संक्रणमबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि फिल्मको छायांकन समेत पूरा हुन सकेको छैन । अब अर्को वर्षको दशैंमा फिल्म प्रदर्शन हुने सम्भावना बढेको छ । दोस्रो पटक सुहाना र अनमोलको जोडी बाँधिएका कारण दर्शकहरु यो फिल्मको व्यग्र प्रतिक्षामा छन् ।
बिहीवार सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ए मेरो हजुर ४’ कहिले रिलिज हुन्छ ? भनेर एक प्रशंसकले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले फिल्ममा आफूले निर्वाह गरेको भूमिका पनि खुलाएकी छन् ।
उनले सही समय आएपछि फिल्म रिलिज हुने बताउँदै आफ्नो अनुहार लुकाएर एक तस्विर पोस्ट्याएकी छन् । सुहानाको हातमा रहेको खरीपाटीमा नाम आर्या महर्जन, पेशा विद्यार्थी, घर पाटनदरबार स्क्वायर, उमेर १९ वर्ष र अपराध गुण्डागर्दी र मापसे उल्लेख छ ।
यसले उनी यो चलचित्रमा केही भिन्न भूमिकामा देखिएको अनुमान गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता
बैशाख ३०, २०८१ आइतबार
प्रदीप र दिव्याले सुरु गरे पोखराबाट ‘एक्टर’को छायांकन
बैशाख २८, २०८१ शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिबार ५१ औँ दिन मनाउँदै
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार