
१ असोज, एजेन्सी । वर्तमान पुस्ताकै उत्कृष्ट फुटबलर लियोनल मेस्सीलाई बार्सिलोनालाई धोका दिएको आरोप लागेको छ । स्पेनिस क्लब रायो भाल्लेकानोका पूर्वप्रशिक्षक पाको जेमेजले मेस्सीमाथि बार्सिलोनाले धोका दिएको बताएका हुन् ।
अर्जेन्टिनी स्टार मेस्सीले गत २५ अगस्टमा क्लब छोड्ने घोषणा गरेका थिए । तर, मेस्सीसँगको सम्झौता आगामी सिजनमा मात्र सकिने भएका कारण उनलाई अन्य क्लबले किन्न ७०० मिलियन युरो तिर्नुपर्ने कारण देखाउँदै उनलाई क्लब छाड्न रोकेको थियो ।
बार्सिलोनाले ७०० मिलियन युरोको रिलिज क्लज कायम रहेको जनाएपछि मेस्सीले क्याप नोउ छोड्न पाएनन् । जसकारण क्लब छोड्ने घोषणा गरेको ११ दिनपछि मेस्सी क्पाप नोउमै बस्ने बाध्य भए ।
सर्वाधिक ६ पटकका बालोन डी‘ओर विजेता मेस्सीको क्लब छोड्ने इच्छा पूरा नगरेर बार्सिलोनाले उनलाई धोका दिएको जेमेजको आरोप छ । मेस्सी अहिले बार्सिलोनाको नियमित प्रशिक्षणमा फर्किदै खेल समेत खेलिरहेका छन् । प्रिसिजनमा उनले बार्सिलोनाका लागि गोल समेत गरिरहेका छन् ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट