खानेपानीमा मानिसको मस्तिष्क खाने जीवाणु फेला
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार १४:५६:३२
११ असोज, काठमाडौं । पानी एक रङबिहिन, स्वादबिहिन, वा गन्धबिहिन रसायनिक पदार्थ हो। पानी पृथ्वीको एक मुख्य घटक हो। यसले पृथ्वीको प्रकृतिक धाराहरु, तालहरू, र महासागरहरू, र अधिकांश जीवित जीवहरूको तरल पदार्थ बनेको हुन्छ।
यसले कुनै क्यालोरी वा जैविक पोषण प्रदान गर्दैन तर पनि यो सबै ज्ञात प्राणीहरूको जिवनको आधार हाे । यहि खानेपानी कहिलेकाही विषादी बन्छ । यस्तै भएकाे छ, अमेरिकाको टेक्सासमा पनि जहाँ खानेपानीमा मानिसको मस्तिष्क खाने जीवाणु पाइएको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) जनाएकाे छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार खाने पानीको स्रोतमा घातक जीवाणु पाइएपछि स्थानीय प्रशासनले टेक्सासको लेक ज्याक्सनका बासिन्दालाई धाराको पानी प्रयोग नगर्न सुझाव दिएको छ।
नेगलेरिया फाउलेरी नामक मस्तिष्क खाने घातक जीवाणु पानीको स्रोतमा फैलिएको हुन सक्ने भन्दै स्थानीय खानेपानी वितरण निकायले लेक ज्याक्सनका झण्डै २७ हजार बासिन्दालाई धाराको पानी प्रयोग नगर्न भनेको हो ।
नेगलेरिया फाउलेरी नाम गरेको अमिवा साधारणतया संक्रमित पानीको माध्यमबाट मानिसको नाक हुँदै प्रवेश गरेर मस्तिष्कमा जान्छ। सो अमिवाको संक्रमण घातक हुन्छ ।
मस्तिष्क खाने अमिवाको संक्रमण अति न्यून रहेको छ, तर संक्रमण भएमा ज्यानै जाने जोखिम हुने भएकाले सचेत रहन स्थानीय प्रशासनले भनेको हो । अमेरिकामा सन् २००९ देखि २०१८ सम्म नेगलेरिया फाउलेरी अमिवाबाट संक्रमित हुनेको संख्या मात्रै ३४ थियो ।
शुक्रबार टेक्सासका ८ बस्तीका बासिन्दालाई धाराको पानी ट्वाइलेट फ्लस गर्न बाहेक प्रयोग नगर्न प्रशासनले भनेको थियो । तर शनिबार अरु सात बस्तीमा सो निर्देशक हटाइयो, अहिले लेक ज्याक्सनका बासिन्दालाई मात्रै धाराको पानी प्रयोग नगर्न भनिएको हो ।
पानीको स्रोतमा अमिवाको संक्रमण भए नभएको थाहा पाउनका लागि अनुसन्धान भइरहेको र त्यसको नतिजा नआउँदासम्म सावधानी अपनाउनु पर्ने टेक्सासको कमिसन अन इनभाइरोमेन्टल क्वालिटीले जनाएको छ । गएको जुलाईमा फ्लोरिडामा एक व्यक्तिमा अमिवाको संक्रमण पुष्टि भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशको मृत्यु
बैशाख २३, २०८१ आइतबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
गर्मी बढेपछि बालबालिकामा संक्रामक रोगको समस्या बढ्यो
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार