शनिबार , जेठ १, २०७८

ड्रग्समा मुछिएकी दीपिकाको मोबाइल जफत, १८ जना पक्राउ

ड्रग्समा मुछिएकी दीपिकाको मोबाइल जफत, १८ जना पक्राउ

११ असोज, एजेन्सी । भारतको लागुऔषध नियन्त्रण एनसिबी एनसिबीले बलिउड अभिनेत्री दीपिका पादुकोणसहित तीन बलिउड अभिनेत्रीको फोन जफत गरेको छ। हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार एनसिबीले दीपिकासँगै सारा अलि खान तथा श्रद्धा कपुरको फोन जफत गरेको हो ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युमा लागु पदार्थको पाटोको अनुसन्धान गरिरहेको एनसिबीबाट पक्राउ गरिएकी सिंहकी प्रेमिका रिया चक्रवर्तीले बयानका क्रममा अन्य अभिनेत्रीहरूको नाम लिएपछि दीपिका लगायतका अभिनेत्री लागु औषधको प्रयोग तथा खरिद लगायतका विषयमा तानिएका हुन्।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हाल रिया र उनका भाइ हिरासतमा छन्। एनसिबीले लागुपदार्थको प्रयोग र खरिद गरेको तथा सोका कारोबारीसँग सम्पर्क रहेको आशंकामा उनीहरूसँग सोधपुछ गरिरहेको छ। शनिबार सारा, दीपिका र श्रद्धासँग एनसिबीले घण्टौं बयान लिएको थियो।

उनीहरू अघि बयान लिइएका राकुलप्रीत, सिमोन खम्बाटा र जया शाहाको फोन पनि एनसिबीले जफत गरिसकेको छ। त्यस्तै एनसिबीले करण जोहरको फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सनका कार्यकारी निर्माता क्षितिज रवि प्रसादलाई पक्राउ गरेको छ। एनसिबीले यस प्रकरणमा हालसम्म १८ जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय