पोखराबाट लागूऔषधसहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
असोज ११, २०७७ आइतबार १९:१५:१५
११ असोज, काठमाडौं । पोखरा प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । कास्कीकाे पोखरा महानगरपालिका-६ स्कुल मार्गस्थित लेक टावर होटलको कोठाबाट १० किलो ५ सय ग्राम अबैध लागूऔषध अफिम, अफिम तौल गर्ने १ थान डिजिटल तराजु, ४ थान मोबाइल सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरुमा रुकुम ९पूर्व० पुथा उत्तरगंगा गाउँपालिका-१ घर भएका ५० वर्षीय गज पुन, सोही ठाउँ बस्ने ४० वर्षीय चक्कर बहादुर पुन र गोरखा सुलिकोट गाउँपालिका-६ घर भएका २४ वर्षीय रवि गुरुङ रहेका छन् ।
बिभिन्न जिल्लाबाट लागूऔषध अफिम खरिद तथा संकलन गरी बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त होटेल जाँच गर्ने क्रममा झोलामा स-साना पोका बनाई राखेको अवस्थामा उक्त अफिम फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका- १३ गौडाकोमुखस्थित बाटोबाट नियन्त्रित लागूऔषध २३ एम्पुल डाइजेपाम, २४ एम्पुल फेनारगन र २४ एम्पुल नुर्फिन सहित पोखरा महानगरपालिका-१३ गैंडाको मुख बस्ने २५ वर्षीय दिपेश गुरुङलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त स्थानमा बाटोमा हिँडिरहेका उनलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
स्याङजा, अर्जुनचौपारी गाउँपालिका-३ छापा गहतेबाट करिब ३ किलो १ सय २४ ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६२ वर्षीय तुल बहादुर क्षेत्री र सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय कृष्ण बहादुर गुरुङ रहेका छन् ।
उक्त स्थानमा गाँजा बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजा र प्रहरी चौकी अर्जुन चौपारीबाट खटिएको प्रहरीले तुलबहादुरको घरबाट करिब ३ किलो र कृष्णको घरबाट १ सय २४ ग्राम गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
आउँदो असार मसान्तभित्र पाँचखालवासीले स्वच्छ पानी पिउन पाउने
बैशाख २४, २०८१ सोमबार
आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार
कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार