योग ज्ञान एवं साधना सप्ताह शिविर आयोजना गरिने
नेपालबहस संवाददाता
असोज १२, २०७७ सोमबार २२:३५:८
१२ असोज, काठमाडौं । नेपाल आर्य समाजले ‘वैदिक वाङ्मयमा योग ज्ञान एवं साधना सप्ताह’ शिविर आयोजना गर्ने भएको छ । आजदेखि प्रत्येक दिन बेलुकी ७ः३० देखि राति ९ बजेसम्म जुम प्रविधिबाट कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष डा माधवप्रसाद उपाध्यायले जानकारी दिए ।
सोमबार बेलुकी योगाचार्य सुवोध सिम्खडाले ‘वेद र योग विद्याको अन्तर सम्बन्ध’ विषयमा प्रवचनका साथमा साधना गराउने छन । असोज १३ गते डा राजु अधिकारीले ‘योग वेददेखि विश्वसम्म’, असोज १४ गते योगाचार्य उमाशङ्कर जोशीले ‘वेदान्त दर्शनमा योग ज्ञान’ र असोज १५ गते योगाचार्य फलनारायण पोखरेलले ‘श्रीमद्भवद्गीतामा योगको स्वरुप’का विषयमा प्रशिक्षण दिने छन ।
यस्तै असोज १६ गते डा चिन्तामणि गौतमले ‘उपनिषद्मा योग विद्या’, असोज १७ गते डा टिपी धमलाले ‘उपनिषद्मा योग ज्ञान एवं साधना’ र असोज १८ गते डा क्षितिज बराकोटीले ‘वैदिक वाङ्मयमा मानसिक स्वास्थ्य’ विषयमा प्रवचनका साथै योग साधनासमेत गराउनुहुने समाजले जनाएको छ ।
साधना शिविरमा सहभागी हुन चाहनेले समाजको केन्द्रीय कार्यालयमा सम्पर्क गरी जुम आइडी र पासवर्ड प्राप्त गरेर सहभागी हुन सक्नुहुने जनाइएको छ । समाजको फेसबुक पेजबाट समेत कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशको मृत्यु
बैशाख २३, २०८१ आइतबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
गर्मी बढेपछि बालबालिकामा संक्रामक रोगको समस्या बढ्यो
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार