मंगलबार , कार्तिक ४, २०७७

मुर्कट्टाको राज्याभिषेक:

मुर्कट्टाको राज्याभिषेक:

मोहोन्जोदोरो, हरप्पा , सिन्धु घाटी या

माया सभ्यताको कुरा मात्रै हैन प्रिय !

 

म त तिमीलाई आदिमकालदेखि

अझ भनौं आदिअनादि कालदेखि नै

पछ्याई रहेको छु !!

 

सँगै छु तिमीसँग ढुक ढुकी झैँ

तर तिमी भने,

यो उत्तर आधुनिक सभ्यताको

चमकदमकमा मलाई भुल्न थालेकी छौं !!

 

तिमीलाई लाग्दो हो सायद

अब तिमी स्वतन्त्र छौ

पूर्ण छौ झैँ लाग्दो हो सायद,

हैन प्रिय यो केवल आधा सत्य हो

 

तिमी हिजो पनि स्वतन्त्र थियौ

आज पनि तिमी स्वतन्त्र छौं

तर, तिमी हिजो पनि अपूर्ण थियौं

आज पनि छौ अनि संधै संधै रहने छौं

 

किनकि, किनकि

तिमी मेरो अपूर्णतासँग गाँसिएकी छौं

 

वर्तमान भने ,

मुर्कट्टाको राज्यभिषेक गर्न हतारिएको छ

मुर्कट्टाको शिरमा मुकुट राख्न छटपटाई रहेको छ

मुर्कट्टाको शिर नै हुँदैन त मुकुट राख्ने कसरी ?

 

अप्ठेरो जति त्यही थुप्रिएर बसेको छ, गाँठो परे झैँ

ज्ञात छ उसलाई राज्याभिषेक असंभव छ भनेर

तर प्रयत्नरत छन मुर्कट्टाहरु अझैं !!!

 

यी तिनै मुर्कट्टाहरु हुन, जसले तिमीलाई

तिम्रै पतनमा अनवरत सघाई रहेछन्

 

विडम्वना !!!

वास्तविकतालाई खोकिलामा च्यापेर

तिमी स्वयं पतनको गर्तमा

द्रुतर झरी रहेकी छौं

 

दिन प्रतिदिन

पल प्रतिपल

अझै तल

झनै तल !!!

अस्तु

♦फ्र्यान्क्फर्ट, जर्मनी

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय