आइतबार , कार्तिक १६, २०७७

बिगमार्टमा इसेवा तथा फोन पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

बिगमार्टमा इसेवा तथा फोन पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

१५ असोज, काठमाडौं । बिगमार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना कोरोना भाइरसका कारण दोस्रो पटक गरिएको निशेधाज्ञाका कारण स्थगित भएको थियो । अहिले निशेधाज्ञा हटेसँगै यो योजना पुःन सूचारु भएको हो । अब यो योजना असोज महिनाभर जारी रहनेछ ।

यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु छ । योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा इसेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ । यस्तो छुट अधिकतम रू ३ सय सम्म पाइनेछ ।

कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इसेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेका हुन् । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

सन् २००९ जुलाईमा काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरबाट बिगमार्टको शुरू भएको थियो । हाल बिगबमार्टका मुलुकभर ५० वटा स्टोर्स रहेका छन् । बिगमार्टले हरेक महिना थुप्रै घरायसी सरसामानमा नयाँ–नयाँ अफर ल्याउँदै आएको छ । बिगमार्टले एउटै छानामुनी उपभोक्तालाई सबै खाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाः सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाः सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति १५ घण्टा पहिले
दिल्लीमा एकैदिनमा पाँच हजार ८९१ जना नयाँ संक्रमित दिल्लीमा एकैदिनमा पाँच हजार ८९१ जना नयाँ संक्रमित १० घण्टा पहिले
गलकोटका गुमानसिंह खत्री, कृषि कर्मबाटै मासिक एक लाख बचत ! गलकोटका गुमानसिंह खत्री, कृषि कर्मबाटै मासिक एक लाख बचत ! १६ घण्टा पहिले
काेराेना कहरमा दशैँ आयो र गयो तर सरकार भ्रष्टाचारमै मस्त रह्याे : नेता केसी काेराेना कहरमा दशैँ आयो र गयो तर सरकार भ्रष्टाचारमै मस्त रह्याे : नेता केसी १६ घण्टा पहिले
जङ्गलमा एक किशोरीसहित तीनको शव फेला जङ्गलमा एक किशोरीसहित तीनको शव फेला ११ घण्टा पहिले
प्रहरीको दशैँ : कोरोनाबाट नागरिकलाई सुरक्षित पार्नमै ठिक्क ! प्रहरीको दशैँ : कोरोनाबाट नागरिकलाई सुरक्षित पार्नमै ठिक्क ! ४ घण्टा पहिले
अभियानकै रूपमा तीनकुनेको खाली जग्गामा गुर्जो राेप्दै ट्राफिक प्रहरी अभियानकै रूपमा तीनकुनेको खाली जग्गामा गुर्जो राेप्दै ट्राफिक प्रहरी ९ घण्टा पहिले
घुइँयाघाटबाट लागुऔषधसहित एक जना पक्राउ घुइँयाघाटबाट लागुऔषधसहित एक जना पक्राउ ७ घण्टा पहिले