सर्वाधिक आईपीएल खेल्नेमा धोनी पहिलो, कोहली पाँचौ !
नेपालबहस संवाददाता
असोज १६, २०७७ शनिबार ३:४९:५९
१६ असोज, एजेन्सी । चेन्नेई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी सर्वाधिक आईपीएल खेल खेल्ने पहिलो खेलाडी बनेका छन् । शुक्रबार हैदरावादविरुद्ध कप्तानी गरेका धोनीले सर्वाधिक १९४ क्याप जितेका हुन् । यसअघि यो किर्तिमान चेन्नेईकै अर्का व्याट्सम्यान सुरेश रैनाको नाममा थियो । रैनाले १९३ क्याप जितेका छन् ।
आईपीएलमा ५ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका रैना सबैभन्दा धेरै आईपीएल खेल खेल्ने भारतीय खेलाडीको किर्तिमान पनि बनाएका थिए । तर यस सिजन व्यक्तिगत कारणले आईपीएल खेल्न नसकेका रैनाले आफ्नो किर्तिमान तोडेकोमा धोनीलाई बधाई दिएका छन् ।
यस्तै सर्वाधिक धेरै आईपीएल खेल खेल्ने तेस्रो खेलाडी मुम्बईका कप्तान रोहित शर्मा हुन् । उनले १९२ क्याप जितेका छन् । उनले हिजो मात्रै आईपीएलमा ५ हजार रन पूरा गरेका थिए । आईपीएलमा ५ हजार रन पूरा गर्ने उनी तेस्रो खेलाडी हुन् ।
यस्तै सर्वाधिक आईपीएल खेल्ने चौथो खेलाडी कोलकत्ताका कप्तान दिनेश कार्तिक हुन् । उनले १८५ क्याप जितेका छन् । आईपीएलमा सर्वाधिक क्याप जित्ने खेलाडीको पाँचौ नम्बरमा बेंग्लोरका कप्तान विराट कोहली र राजस्थानका व्याट्सम्यान रविन उथप्पा छन् । उनीहरुले समान १८० क्याप जितेका छन् ।
बेंग्लोरका कप्तान कोहली आईपीएलमा सर्वाधिक छिटो ५ हजार रन पूरा गर्ने भारतीय खेलाडी हुन् । उनले १५७ इनिङमा ५ हजार रन पूरा गरेका छन् । रैनाले १७१ इनिङमा ५ हजार रन पूरा गर्दा रोहितले भने १८७ इनिङमा ५ हजार रन पुरा गरेका हुन् ।
रैना र कोहलीले गएकै सिजनमा ५ हजार रन पूरा गरेपनि रोहितले भने यो सिजनमा ५ हजार रन पुरा गर्ने खेलाडी बनेका हुन् । आईपीएलमा एकै सिजनमा सर्वाधिक धेरै रन बनाउने किर्तिमान पनि कोहलीको नाममा छ ।
कोहलीले सन् २०१६ को सिजनमा ९ सयभन्दा धेरै रन बनाएका थिए । यो रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन् । यस्तै आईपीएलमा सर्वाधिक धेरै ५ शतक बनाउने कोहली एक्लो भारतीय व्याट्सम्यान पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार