आकाशे पानी संकलनका लागि साढे ६ घनमिटरको घैँटो
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १४:३२:४४
१८ असोज, झिमरुक । प्युठानको ऐरावती गाउँपालिकामा आकाशेपानी संकलनका लागि घैँटो बनाइएको छ । पानीको समस्या रहेको यस क्षेत्रमा स्थानीयलाई पानीको सहज पहुँचका लागि घैँटो निर्माण गरिएको हो । पानीको विकराल समस्या रहेको बिजुली क्षेत्रमा पानीको समस्या समाधान गर्ने उद्देश्यले वडा कार्यालयबाट बजेट विनियोजन गरी घैँटा निर्माण गरिएको वडा नं ६ का अध्यक्ष चन्द्रबहादुर रानामगरले बताए ।
वडासचिव उमाराम आचार्यका अनुसार आर्थिक वर्ष २०७४/७५ बाट घैँटो निर्माणको काम शुरु गरिएको हो । पहिलो वर्ष रु १७ लाखको लागतमा २७ वटा घैँटो बनाइएको थियो । त्यस्तै आव २०७५/७६ मा रु पाँच लाखको लागतमा आठवटा घैँटो निर्माण गरिएको छ ।
त्यस्तै आव २०७६/७७ मा रु २५ लाखको लागतमा ३८ वटा घैँटो निर्माण गरिएको छ । ४२ वटा घैँटो निर्माण गर्ने गरी बजेट विनियोजन गरे पनि बन्दाबन्दीले चारवटा घैँटो निर्माण हुन नसकेको वडासचिव आचार्यले बताए । स्थानीय उपभोक्ता समितिमार्फत साढे छ घनमिटरको घैँटो निर्माण गरिएको हो ।
पच्चीस प्रतिशत स्थानीयको जनश्रमदानमा घैँटो निर्माण गरिएको आकाशेपानी सङकलन घैँटो निर्माण समितिका अध्यक्ष गिरीप्रसाद घिमिरेले बताए । विगत तीन वर्षदेखि अध्यक्षको जिम्मेवारीमा रही घैँटो निर्माणको काम गरेको उनको भनाइ छ । अघिल्ला आर्थिक वर्षमा निर्माण गरिएका घैँटोमा पानी संकलन गरी स्थानीयले पानी प्रयोग गरेको छन् भने आव २०७६/७७ मा निर्माण गरिएका घैँटोमा पनि पानी संकलन शुरु भएको अध्यक्ष घिमिरेको भनाइ छ ।
वडा कार्यालयमार्फत टिनको छाना भएका, गरिब, विपन्न र पानीको पहुँचबाट टाढा रहेका व्यक्ति छनोट गरी घरमा घैँटो निर्माण गरिएको वडासचिव आचार्यले बताए । पिउने पानीसमेत किनेर खानुपर्ने अवस्था रहेको यस क्षेत्रमा घैँटो निर्माणपश्चात स्थानीयवासीलाई सहज भएको उनले बताए । स्थानीय तह निर्माणपूर्व खानेपानी डिभिजन कार्यालयमार्फत पनि केही घैँटो निर्माण भएको उनले बताए ।
वडा कार्यालयको सहयोगमा घैँटो निर्माण भएपछि यहाँका स्थानीय खुशी भएका छन् । बिजुली बासडाँडाका स्थानीय नुमलाल पोखरेलले पानीको समस्या रहेको यस क्षेत्रमा घैँटो निर्माणले सहज हुने बताए । वर्षातको समयमा आकाशबाट परेको पानी टिनबाट घैँटोमा जम्मा गर्ने उनको भनाइ छ । गाईवस्तुलाई खुवाउन, कपडा धुन, नुहाउनका साथै तरकारीखेती सिँचाइका लागि पनि सहज हुने पोखरेलले बताए ।
वर्षातकाे समयमा आकाशबाट परेको पानी टिनमार्फत घैँटोमा संकलन गरी प्रयोग गर्न पाएपछि यहाँका स्थानीयवासीलाई राहत मिलेको बिजुली चिउरापानीकी स्थानीय कुन्ता थापाले बताए। स्थानीय तह निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएपश्चात यहाँका जनताको पानीको समस्या बुझी घैँटो निर्माण गरिएको वडाध्यक्ष रानामगरले बताए ।
जनता माध्यामिक विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय र यस नजिकका बस्तीमा लिफ्टमार्फत खानेपानीको व्यवस्था गरिएको छ भने अन्यका लागि घैँटो बनाइएको हो । वडा कार्यालयले यो वर्ष पनि घैँटो निर्माणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङको सदरमुकाम कुश्मीसेरामा पानीकाे हाहाकार, योजना पूरा नहुँदा सास्ती खेप्न बाध्य
बैशाख ३०, २०८१ आइतबार
तल्लो सेती जलविद्युत आयोजनाको कामलाई तीव्रता दिइँदै
बैशाख ३०, २०८१ आइतबार
गोरखा बजार क्षेत्रमा खानेपानीको चरम अभाव
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार