शुक्रबार , कार्तिक १४, २०७७

हुण्डाईका गाडी खरिद गर्न सांग्रिला डेभलपमेन्ट बैंकले कर्जा दिने

हुण्डाईका गाडी खरिद गर्न सांग्रिला डेभलपमेन्ट बैंकले कर्जा दिने

१९ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौंस्थित मुख्य कार्यालय रहेको लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा.लि. बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा.लि.का तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले हुण्डाई ब्राण्डको गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. बाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशतसम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्ने प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जनाएका छन् ।

यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

 

 

 

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय