आइसिटी अवार्डको चार विधामा उत्कृष्ट १२ छानिए
नेपालबहस संवाददाता
असोज २०, २०७७ बुधबार २:५१:१४
२० असोज, काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२० संस्करणको छनाट प्रक्रियाअन्तर्गत चार विधामा उत्कृष्ट १२ छानिएका छन् । अवार्डको छनोटका लागि १४ जनाको जुरी समितिले दोस्रो चरणमा विभिन्न चार विधाको नतिजा सार्वजनिक गरेको हो । ‘स्टार्टअप आइसिटी अवार्ड २०२०’ र ‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ विधामा उत्कृट १२ तेस्रो चरणको छनोटको लागि प्रवेश गरेका छन् ।
त्यसैगरी ‘प्रडक्ट आइसिटी अवार्ड २०२०’ को विधामा उत्कृट १३ प्रडक्टहरू तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन् भने ‘इनोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२०’ मा उत्कृष्ट १४ इनोभेसनहरू तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन् ।
पाँचौं संस्करणको ‘आइसिटी अवार्ड २०२०’ मा ११ विधाको लागि अनलाइन आवेदन खुला गरिएकामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जनाएको छ । भदौ अन्तिम सातादेखि शुरू भएको छनोट प्रक्रिया जारी छ । अन्य सात विधामा उत्कृष्ट सात हुँदै उत्कृष्ट तीनको छनोट गरेर सर्वोत्कृष्टको छनोट गरिने जुरी समितिका सुशील पोखरेलले बताए ।
दोस्रो चरणबाट छनोट भएका उत्कृष्ट स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इनोभेसनहरूले तेस्रो चरणको छनोटको लागि १४ जना जुरी समक्ष प्रिजेन्टेशन तथा स्पिड डेडिङ सेसनमा भाग लिनुपर्ने हुन्छ । उक्त सेसनबाट छनोट भएका उत्कृट पाँच पब्लिक भोटिङको लागि छनोट हुनेछन् । पब्लिक भोटिङसँगै स्टार्टअप कम्पनीहरू फिल्ड भिजिट पनि सञ्चालन गरिने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए ।
तेस्रो चरणको लागि छनोट भएका उत्कृष्ट स्टार्टअप, प्रडक्ट, राइजिङ स्टुडेन्ट प्रोजेक्ट र इनोभेसनहरूले आउँदो शनिबार, सोमबार र बुधबार आयोजना हुने प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यसपश्चात् छनोट भएका उत्कृष्ट पाँचलाई अनलाइन तथा एसएमएस भोटिङ सञ्चालन गरिनेछ । आइसिटी अवार्डमा अन्य सात विधाहरुको पनि छनोट प्रक्रिया जारी रहेको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।
अन्य विधाहरूमा पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा, वमन आइकन र मिडिया पर्सन आइसिटी अवार्ड रहेका छन् । त्यसैगरी डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल एजुकेशन आइसिटी आइसिटी अवार्ड २०२० को पनि छनोट प्रक्रिया जारी छ । विभिन्न सरकारी तथा निजी क्षेत्रका संस्थाको सहयोगमा ‘लिभिङ विथ आइसिटीले आइसिटी अवार्ड २०२०’ आयोजना गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
यी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार