नैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १२:५७:३८
१२ वैशाख, काठमाडौं । अग्रज ब्युटिसियन ऋतु पौडेलले काठमाडौंको नौकापमा स्पा सेवा सहितको सुविधा सम्पन्न ‘ग्लोरियस ब्युटी पार्लर’ सञ्चालनमा ल्याएकी छिन् । उनी बिगत डेढ दशक भन्दा लामो समयदेखि ब्युटिसियनको रुपमा सक्रिय छिन् ।
यस अघि बिगत ८ वर्षदेखि ब्युटिपार्लर मात्र रहेको ग्लोरियसलाई उनले अहिले जेन्स÷लेडिजको सेवायुक्त स्पा र ट्रेनिङ सेन्टर सहित बृहत रुपमा सञ्चालनमा ल्याएकी छिन् ।
रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् बरिष्ट सौन्दर्य विद् सोनी कारँजित र ऋतुकी आमाले रिवन काटेर यो ब्युटिपार्लरको सँयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन समारोहकी प्रमुख अतिथि बरिष्ट ब्युटिसियन सोनीले सो क्रममा भनिन्,‘ऋतुसँग बिगत डेढ दशकभन्दा लामो ब्युटिसियन क्षेत्रको अनुभवसँगै अहिलेको धेरै आधुनिक प्रविधिसहित सुरु गरिएको यो पार्लर नैकाप क्षेत्रकै वृहत् र बहुसेवा युक्त छ ।
ऋतुले आफूलाई यो क्षेत्रमा प्रमाणित गरिसकेका कारण ग्लोरियस ब्युटी पार्लरले ग्राहकको मन जित्ने छ ।’ नेपालमै पनि सौन्दर्य क्षेत्रमा राम्रो सेवा दिन सकिन्छ भनेर आफुले समयको माग अनुसार ग्लोरियस ब्युटी पार्लरलाई आधुनिक उपकरणसहित सुविधासम्पन्न बनाएर पुन सञ्चालनमा ल्याएको ब्युटिसियन ऋतु पौडेलले उद्घाटन कार्यक्रममा बताइन् ।
नयाँ वर्षको शुभकामना सहित उद्घाटनको अबसर पारेर यो ब्युटी पार्लरमा सबै प्रकारको सेवा र विक्रीमा छुटहरुको व्यवस्था गरिएको पनि ऋतुले जानकारी गराईन्,‘हाम्रो उदेश्य भनेकै ग्राहकको सुविधा र सन्तुष्टि भएकाले यहाँ आउनेहरूलाई सबै सेवामा खुसी बनाउने छौं ।’ ऋतुले भनिन् ।
ऋतुका अनुसार ग्लोरियस ब्युटी पार्लरमा हेयर केयर, स्किन केयर र ब्युटी केयर सम्बन्धि सबै सुविधा रहेका छ । जसमा थ्रेडिङ, हेयर कटिङ, स्ट्रेटिङ, कलरिङ, हाईलाईट्स, हेयर डिजाईन तथा स्टाईल, हेयर केराटिन, फेसियल, वाक्सिङ, मेनी केयर, पेडी केयर, मेकअप, हिना मेहेन्दी, नेल आर्ट, क्लिन अप, माईक्रो ब्लान्डिङ, साडिङ, आई ल्यासेस एक्सटेन्सन, हाईडा फेसियल तथा बडी स्पाको सेवा रहेको छ । यो पार्लरमा जेन्स र लेडिज दुबैको सुविधा रहेको पनि ऋतुले जानकारी गराइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
माटोको चुलो बनाउँदै विष्णुकुमारी
बैशाख २४, २०८१ सोमबार
ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख २४, २०८१ सोमबार
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुलाई छलफलमा बोलाए
बैशाख २४, २०८१ सोमबार
अतिक्रमण गरी बनाएको घरटहरा हटाउँदै
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्धारा विभिन्न विद्यालयमा पुस्तकालय निर्माण गरेर हस्तान्तरण
बैशाख २४, २०८१ सोमबार
समयमा पानी नपरेपछि अदुवा उत्पादक कृषक मारमा
बैशाख २४, २०८१ सोमबार