शनिबार , कार्तिक १५, २०७७

यस वर्ष विगतको जसरी नयाँ नोट नपाइने

यस वर्ष विगतको जसरी नयाँ नोट नपाइने

२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैंमा विगतको जसरी नयाँ नोट बाँड्न नसकिने बताएको छ । कोरोना महामारीमा संक्रमणको जोखिम उच्च रहेकाले विगतको जस्तै बैंक अगाडि लाइन लगाएर दिने सम्भावना कम रहेको हो ।

कोरोना भाइरसको जोखिम दिनप्रतिदिन बढिरहेको अवस्थामा विगतको जस्तो राष्ट्र बैंकमै बोलाएर लाइन लगाएर वितरण गर्दा कोरोना सर्ने जोखिम हुने भएकाले नयाँ विकल्प सोचिने बैंकले जनाएको छ ।

तर अन्य बैंकहरुलाई भने राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने छ । विगतदेखि नै दशैंको दक्षिणा दिनका लागि नयाँ नोट वितरण गर्ने चलन चल्दै आएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय