गोबरगाढा अझै विद्युत विहिन
नेपालबहस संवाददाता
असोज २८, २०७७ बुधबार २२:५:१४
२८ असोज, राजविराज । सप्तरी जिल्लाको पूर्वी भेगमा अझैसम्म विद्युत् पुग्न नसको छैन । जिल्लाको अतिविकट मानिने हनुमाननगर कङ्कालिनी नगरपालिकाको गोबरगाढामा बिजुली बत्ती नपुग्दा स्थानीयवासी अझैसम्म विद्युतको पहुचबाट वञ्चित भएका हुन् ।
वडा नं १३स्थित सो गाउँका करिब ८० घरपरिवार बिजुलीको उपभोगबाट वन्चित भएको वडाध्यक्ष विन्देश्वरी यादवले बताए। सप्तकोसी नदीमा बाढी आएको बेला पनि चारैतिरबाट पानीले घेर्ने गरेको र विद्युतको पनि अभाबमा आफूहरूलाई दैनिक जीवन यापनमा कठिनाइ भइरहेको स्थानीयवासीको गुनासो छ । स्थानीयवासी अजय यादवका अनुसार वितरण गरिएको सौर्य उर्जा पनि पुरानो भएपछि अहिले रातिको समयमा मधुरो बत्ती बल्न थालेकाले पुरानै समस्या बल्झिएको छ ।
गोबरगाढा पुग्न एक दर्जन साना साना नदी तर्नुपर्ने बाध्यता हुँदा पनि स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्रीय सरकारको यहाँको विकासमा ध्यान नपुगेको उनको भनाइ थियो । गत आव रू १० लाखको लागतमा सो स्थानमा सौर्य उर्जा उपलब्ध गराइएको नगरप्रमुख शैलेश साहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङको सदरमुकाम कुश्मीसेरामा पानीकाे हाहाकार, योजना पूरा नहुँदा सास्ती खेप्न बाध्य
बैशाख ३०, २०८१ आइतबार
तल्लो सेती जलविद्युत आयोजनाको कामलाई तीव्रता दिइँदै
बैशाख ३०, २०८१ आइतबार
गोरखा बजार क्षेत्रमा खानेपानीको चरम अभाव
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार