शनिबार , कार्तिक १५, २०७७

सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

२९ असोज, काठमाडौं । कास्कीको माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि आज वित्तीय सम्झौता भएको छ ।

आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी र ऋण लकगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट बहुपक्षीय वित्तीय सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनामा एनएमबी बैंकले रु दुई अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले रु ८० करोड र कृषि विकास बैंकले रु ५० करोड गरी कूल रु तीन अर्ब ५० करोड लगानी गर्ने भएका छन् ।

आयोजनाको कूल लागत मध्ये ७० प्रतिशतले हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ भने बाँकी ३० प्रतिशत ९रु एक अर्ब ५० करोड० रकम प्रवद्र्धकका तर्फबाट लगानी गरिनेछ । आयोजनाको कूल लागत रु पाँच अर्ब छ ।

आयोजनामा नेपालका मुख्य शहरका प्रतिष्ठित व्यापारिक घरानाका अलावा माछापुच्छ«े गाँउपलिकाका स्थानीयबासीले समेत शेयरधनीका रुपमा लगानी गर्ने छन् । भौतिक निर्माणको काम शुरु भइसकेको सो आयोजनाको मुख्य निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरलेले जानकारी दिए । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको लाहाचोक सव स्टेशनमा जोडिनेछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आर्ट्माण्डुको सांस्कृतिक विविधता झल्काउने ‘याक्थुङ्मा कान्छी’ सार्वजनिक आर्ट्माण्डुको सांस्कृतिक विविधता झल्काउने ‘याक्थुङ्मा कान्छी’ सार्वजनिक ७ दिन पहिले
सप्तरीमा ५० ग्राम ब्राउन सुगरसहित दाजुभाइ पक्राउ सप्तरीमा ५० ग्राम ब्राउन सुगरसहित दाजुभाइ पक्राउ २ हप्ता पहिले
प्रचण्ड-ओलीसँग मिलेर कांग्रेसले भ्रष्टाचार गरेको प्रमाण दिन बाबुरामलाई चुनौति प्रचण्ड-ओलीसँग मिलेर कांग्रेसले भ्रष्टाचार गरेको प्रमाण दिन बाबुरामलाई चुनौति ३ हप्ता पहिले
आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै २३ घण्टा पहिले
न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषदका लागि ३३ कानुन व्यवसायीकाे आवेदन न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषदका लागि ३३ कानुन व्यवसायीकाे आवेदन २ हप्ता पहिले
अब निःशुल्क वितरण गरिएको इन्टरनेटमा शुल्क लाग्ने अब निःशुल्क वितरण गरिएको इन्टरनेटमा शुल्क लाग्ने ३ हप्ता पहिले
संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड तयार संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड तयार ३ हप्ता पहिले
 विश्वकै दोस्रो अग्लो बन्जीजम्प शनिबारदेखि सञ्चालन हुने   विश्वकै दोस्रो अग्लो बन्जीजम्प शनिबारदेखि सञ्चालन हुने  २ दिन पहिले