आइतबार , कार्तिक १६, २०७७

दुई तिहाईको वर्तमान सरकार सुशासन र शान्ति सुरक्षामा असफल : नेता सिंह

दुई तिहाईको वर्तमान सरकार सुशासन र शान्ति सुरक्षामा असफल : नेता सिंह

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन् । नागार्जुन नगरपालिकाले सिउजाटारमा निरमाण गरेको ओपन फिटनेस पार्कको उद्घाटन गर्दै शनिबार उनले सरकारको परराष्ट्रनीति असन्तुलित देखिएको बताए ।

हुम्लामा नेपाली भूमि चिनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको भन्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ । यो दुर्भाग्य हो ,उनले भने ।  त्यस्तै उनले अहिले ठुला ठेला भ्रष्टाचार काण्ड भएको भन्दै त्यसको निष्पक्ष छानविनको पनि माग गरे । जतिसुकै ठुलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुनेमा उनले जोड दिए।

नेता सिंहले करिब दुई तिहाई बहुमत नजिकको वर्तमान सरकार सुशासन र शान्तिसुरक्षा दिन पनि असफल भएको बताए । सरकार कोरोना महामारीको बेलामा पनि मेडिकल सामाग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकार भ्रष्टाचारमा लिप्त रहेको सिंहको भनाई थियो । दिनानुदिन बलात्कार महिला हिम्साका घटना बढेको भन्दै सरकारले शान्ति सुरक्षा दिन पनि नसकेको बताए ।

त्यस्तै कार्यक्रममा मेयर मोहनबहादुर बस्नेतले स्युचाटारले प्रजातान्त्र स्थापनाका लागि कलंकीको मोर्चामा संघर्ष गर्दै बलिदान दिएको स्मरण गर्दै यो ठाउँमा नमूना विकास गर्ने बताए । जनआन्दोलनका उपलब्धि रक्षा गर्न पुनस् स्युचाटारबाटै संकल्प गर्नुपर्ने भन्दै । अब कांग्रेस हाक्न र मुलुकलाई कुसल नेत्त्रित्वदिन आगामि महाधिवेशन बाट प्रकाश मान सिहलाई सभापति बनाउनु पर्ने बताए । कार्यक्रम स्वास्थ्य मापदण्डअनुसार सम्पन्न गरिएको थियो।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय