बुधबार , कार्तिक १२, २०७७

स्टर्लिङको गोलमा सिटीले आर्सनललाई हरायो

स्टर्लिङको गोलमा सिटीले आर्सनललाई हरायो

२ कार्तिक, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले आर्सनललाई १–० गोल अन्तरले हराएको हो ।

सिटीको जितमा एक मात्रै गोल रहिम स्टर्लिङले गरे । उनले खेल शुरु भएको २३ औं मिनेटमा नै गरेको गोल निर्णायक बनेको हो । जितसँगै सिटीले दोस्रो जित निकाल्दै ४ खेलमा ७ अंक जोड्न सफल भएको छ ।

आर्सनलले ५ खेलमा ९ अंक जोडेको छ । यद्यपी आर्सनल हार व्यहोरेपनि सिटीभन्दा माथि अर्थात तालिकाको पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय