सोमबार , कार्तिक १०, २०७७

असईको घाटी रेट्ने तस्कर कि प्रहरी जवान ?

असईको घाटी रेट्ने तस्कर कि प्रहरी जवान ?

२ कार्तिक, काठमाडौं । नेपाल भारत सीमामा पर्ने कैलालीको जुगेडा तस्करको विशेष अड्डाका रुपमा परिचित छ । यो त्यही अड्डा हो, जहाँबाट भारतबाट नेपाल र नेपालबाट भारतमा शार्प सुटरहरुको समेत आवतजावत हुन्छ । काठ र लागुऔषध तस्करीका लागि यो अड्डा झन् बढी परिचित छ ।

पछिल्लो समय दशैँलाई लक्षित गरी अवैध धन्दा हुने गरेको सूचना प्रहरीसम्म आईपुगेको थियो । अस्थायी प्रहरी पोष्ट जुगेडाको प्रमुखमा थिए, असई गोविन्द विश्वकर्मा । उनी यो पोष्टको प्रमुख भएदेखि नाकामा यति धेरै कडाई गरेका थिए, की तस्करको समेत मुटु हल्लिएको थियो ।

तर तस्करको समूह खासगरी भारतीय तस्करको समूहमा उनी निशानामा परेका थिए । गएराती ८ बजे असईको घाटी रेटेरै हत्या गर्ने तस्करको योजना सफल भएको घटनाका रुपमा जगेडाको घटनालाई हेरिएको छ । राती नियमित गस्तीमा गएका असई गोविन्द बिकको घाटी रेटिएको अवस्थामा शव धनगढी उपमहानगरपालिका ११ को मोहना खोलामा भेटिएपछि यो तस्करले घटाएको घटनाका रुपमा हेरिएको हो ।

प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् । तर व्यक्तिगत दुष्मनीले उनीहरुबीच झगडा भएको हो कि भन्ने अनुमान छ । तर तस्करीको अड्डाको रुपमा परिचित भएकाले तस्करीले नै उनीहरुको हत्या गरेको आशंका छ । जवान साउँदको पनि हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी उनको खोजी चलिरहेको छ ।

मोबाइल र मोटरसाइकल भेटियो

असई विश्वकर्माको शव भेटिएपनि जवान साउद भने अहिलेसम्म बेपत्ता छन् । उनी बेपत्ता रहदा गस्तीमा हिडेको मोटरासाइकल र मोबाइल फोन भने फेला परेको छ । नदीको छेउतिर उनीहरु चढेको मोबाइल र मोटरसाइकल फेला परेपछि जवान साउदको पनि हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

मोबाइल कल डिटेलको अनुसन्धानपछि थप विस्तृत खुल्ने अपेच्छा गरिएको छ । यद्यपी यसबारे विस्तृत अनुसन्धान भएपछि मात्रै वास्तविकता खुल्ने प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय