आइतबार , कार्तिक ९, २०७७

सिटी सेन्टरमा रोजलको फिटनेश सेन्टर

सिटी सेन्टरमा रोजलको फिटनेश सेन्टर

२ कार्तिक, काठमाडौं । शारीरिक व्यायाम अर्थात फिटनेश आफैँमा आवश्यकता हो । शारीरिक तन्दुरुस्त र फिट रहनमात्र नभएर हिजोआज रहरले समेत मानिसहरु फिटनेश गर्न थालेका छन् । जसले गर्दा फिटनेश सेन्टरहरुको महत्व दिनै बढ्दै छ । यसैबेला काठमाडौंको मुटु मानिने कमलपोखरीस्थित सिटी सेन्टरको पाँचौँ तलामा बज्र ननिताज फिटनेश सेन्टर सञ्चालनमा आएको छ ।

यो फिटनेश सेन्टर शनिबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । रोजल शाहीले सञ्चालनमा ल्याएको उक्त फिटनेश सेन्टरको शनिबार मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, अभिनेता सविन श्रेष्ठ, फिल्म निर्देशक सुर्दशन थापा र मोडल मन्चिन शाक्यले संयुक्तले उद्घाटन गरे । यो फिटनेश सेन्टरले फिटनेशसम्बन्धी सबै सुविधा प्रदान गर्ने सञ्चालक रोजलले बताएका छन् । बज्र ननिताज फिटनेश सेन्टरको शाखा ललितपुरको भैंसेभपाटीमा समेत रहेको छ ।

यतिखेर विश्व कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ । यस्तो बेला मानिसले आफूलाई तन्दुरुस्त राख्न आश्वयक छ । मानिसहरु संक्रमणसँग बच्ने उपाय खोजिरहेका छन् । त्यसका लागि एक उपाय फिटनेश पनि हो । पछिल्लो एक अध्ययनले यही देखाएको छ । व्यायाम र रोगप्रतिरोधात्मक शारीरिक क्षमताका सम्बन्धमा भएको अध्ययनअनुसार तन्दुरुस्त वा फिट रहँदा संक्रमणबाट बच्ने क्षमता राम्रो हुन्छ ।

एकपटक मात्र गरिने व्यायामले पनि भाइरस तथा ब्याक्टेरियासँग लड्ने क्षमता बढाउने वैज्ञानिकहरुले बताएका छन् । अमेरिका गरिएको अध्ययनका अनुसार लगातारको व्यायामपछि केही सेलहरु मर्ने भएपनि त्यसले केही घण्टाभित्रै सबै सेलहरु सक्रिय अवस्थामा आउने भएकाले इम्युन सेललाई स्थिर बनाउने र प्रतिरोधात्मक क्षमता सशक्त बनाउँछ । त्यसैले पनि मानिसका लागि व्यायाम आवश्यक मात्र नभएर अपरिहार्य बन्न थालेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रधानमन्त्रीले सरकारी निवासमै ‘रअ’का प्रमुखसँग भेट्नु आपत्तिजनक प्रधानमन्त्रीले सरकारी निवासमै ‘रअ’का प्रमुखसँग भेट्नु आपत्तिजनक १७ घण्टा पहिले
दशैँको मनोवैज्ञानिक पक्ष : चाडपर्वले मानसिक स्वास्थ्य सबल बनाउछ ! दशैँको मनोवैज्ञानिक पक्ष : चाडपर्वले मानसिक स्वास्थ्य सबल बनाउछ ! १३ घण्टा पहिले
गण्डकीमा संक्रमितको सङ्ख्या ६ हजार ४५९ पुग्यो गण्डकीमा संक्रमितको सङ्ख्या ६ हजार ४५९ पुग्यो १७ घण्टा पहिले
नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? नायक पुष्प र उषाको रोमान्समा मेरो माया लाग्छ र ? ८ घण्टा पहिले
वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ ! वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ ! १९ घण्टा पहिले
चर्च भवन भँकित्दा २२ जनाको मृत्यु चर्च भवन भँकित्दा २२ जनाको मृत्यु ९ घण्टा पहिले
बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान ११ घण्टा पहिले
यस वर्ष दशैँको टीकाको दिनसम्म मौसम सफा हुने यस वर्ष दशैँको टीकाको दिनसम्म मौसम सफा हुने १९ घण्टा पहिले