बुधबार , कार्तिक १२, २०७७

पाकिस्तानको लाहोरस्थित एक इलेक्ट्रोनिक बजारमा आगलागी, दर्जनौं पसलहरू जले

पाकिस्तानको लाहोरस्थित एक इलेक्ट्रोनिक बजारमा आगलागी, दर्जनौं पसलहरू जले

२ कात्तिक, इस्लामावाद । पाकिस्तानको पूर्वी शहर लाहोरको एक प्रसिद्ध इलेक्ट्रोनिक्स बजारमा आगलागी हुँदा दर्जनौ पसरलहरू जलेका स्थानीय सञ्चारमाध्यम तथा उद्धारकर्मीहरूले बताएका छन् ।

रिपोर्टका अनुसार शहरको गुलबर्ग मेन बुलेभार्ड क्षेत्रमा अवस्थित हाफिज सेन्टर नामको बहुमंजिला प्लाजाको दोस्रो तल्लामा आगलागी भएको हो । समाचार तयार पार्दासम्ममा उद्धार टोली तथा तथा अग्नि नियन्त्रण अधिकारीहरू घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका थिए ।

उद्धारकर्मीहरूले सञ्चारमाध्यमलाई जनाएअनुसार आगलागी भवनको दोस्रो तल्लाका पसलहरूबाट सुरु भै अन्य तलामा फैलिएको थियो । उक्त तलामा ल्यापटप, मोबाइल फोन र अन्य इलेक्ट्रोनिक सामानहरू राखिएको थियो ।

टोलीले भवनको छानामा सहयोगको लागि याचना गरिरहेका मानिसहरूलाई उद्धार गरिरहेको छ । प्राप्त जानकारी अनुसार करीब ६० अग्नि नियन्त्रकले स्थानीयको सहयोगमा उद्धारका लागि खटिरहेका र थप टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ ।

पसलमा विद्युत चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । ल्यापटप र मोबाइल फोनलगायतका इलेक्ट्रोनिक उपकरणहरू जल्दा आगो तीव्रत फैलिएको थियो । सिन्ह्वा

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सबै कागजात उपलब्ध गराउँदा पनि नारिकता दिइएन सबै कागजात उपलब्ध गराउँदा पनि नारिकता दिइएन ६ दिन पहिले
अब हराएको लाईसेन्स, विलबुकको सेवा ट्राफिक अनलाइनबाटै घरमै बसीबसी अब हराएको लाईसेन्स, विलबुकको सेवा ट्राफिक अनलाइनबाटै घरमै बसीबसी २ घण्टा पहिले
गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने : गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने : गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग ३ दिन पहिले
बत्ती बलेपछि स्थानीयवासीको खुशी : दशैँमा गाउँ उज्यालो बत्ती बलेपछि स्थानीयवासीको खुशी : दशैँमा गाउँ उज्यालो ३ दिन पहिले
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी राधिका शाक्यलाई टीका प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी राधिका शाक्यलाई टीका २ दिन पहिले
वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण । वालिङ नगरपालिकाको ध्यान उत्पादकत्व बढाउनमा केन्द्रित छ : नगर प्रमुख खाँण । ४ दिन पहिले
उपल्लो डोल्पाका तीन स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी माग उपल्लो डोल्पाका तीन स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी माग ४ दिन पहिले
राष्ट्रपतिको हातबाट प्रधानमन्त्री दम्पत्तीले लगाए दशैँको टीका र जमरा राष्ट्रपतिको हातबाट प्रधानमन्त्री दम्पत्तीले लगाए दशैँको टीका र जमरा २ दिन पहिले