काभ्रेपलाञ्चोकका शक्तिपीठ र मन्दिर परिसर सुनसान
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ बिहिबार १५:२९:२१
६ कार्तिक, बनेपा । दशैँभरि बढी भीडभाड हुने काभ्रेपलाञ्चोकका शक्तिपीठ तथा मन्दिर अहिले सुनसान बनेका छन् । कोरोना भाइरसको सङ्क्रमण जोखिम हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यहाँका शक्तिपीठ तथा मन्दिरमा दर्शन तथा पूजा गर्न जाने दर्शनार्थीलाई प्रवेशमा निषेध गरेपछि सुनसान बनेका हुन् ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सार्वजनिक सूचना जारी गरी नेपालीहरुको महान् चाड बडादशैँमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरका साथै स्थापना गरिने दुर्गा भवानीको पण्डलामा समेत सर्वसाधारणको भीड अत्यधिक हुन गई कोरोना सङ्क्रमणको सम्भावित जोखिम हुने भएकाले त्यहाँ दर्शनका लागि सर्वसाधारणको प्रवेशमा निषेध गरिएको छ ।
सो क्रममा शक्तिपीठ तथा मन्दिरमा नित्यपूजा मात्रै गर्न पाउने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सो अवधिमा सूचनाको बर्खिलाप गर्ने जोकोहीलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।
विगतका वर्षहरुमा काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी र नाला भगवतीलगायतका मन्दिरमा दशैँमा दर्शनार्थीहरुको भीड लाग्ने गरेका थिए । तर यसपटकको दशैँमा कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले दर्शन गर्न रोक लगाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार