१९ मंसिर २०७८, आईतवार

चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा बरफ पाइएको नासाको दाबी

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार ०८:२२


११ कार्तिक, अमेरिका । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी भेटिएको दाबी गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानी रहेको पुष्टि भएको नासाले जनाएको छ ।

एक रिपोर्ट प्रकाशित गर्दै नासाले चन्द्र सतहमा पानीको केमिकल कम्पाउण्ड पाइनुले त्यहाँ मानव जीवनको सम्भावनाको ढोका खुलेको बताएको छ । नासाको पछिल्लो अनुसन्धानले चन्द्रमाको घमाइलो सतहमा पानी र पानीका केमिकल कम्पाउण्ड भेटिएको पुष्टि गरेको हो ।

यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा बरफ पाइएको दाबी गरिएको थियो । अहिले घमाइलो सतहमा पानी भेटिएपछि त्यहाँ मानव बस्ती विकास गर्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुको भनाइ छ ।

नासाको अन्तरिक्ष यान ‘स्ट्रटोस्फेरिक अब्जरभेटरी फर इनफ्रारेड एस्ट्रोनोमी ‘सोफिया’ रहेको ठूलो टेलिस्कोप मार्फत गरिएको अवलोकनबाट नयाँ कुरा थाहा भएको हो । सो टेलिस्कोपबाट बाफको अवस्थामा रहेको पानी पत्ता लगाउन वैज्ञानिकलाई सहयोग मिलेको बताइएको छ ।

तर त्यहाँ अहिले नै उक्त पानीलाई स्रोतका रुपमा प्रयोग गर्न सकिने वा नसकिने भन्नेबारे यकीन पुष्टि हुन सकेको छैन । जे भए पनि चन्द्र सतहमा पानी कतै तरल र कतै जमेको अवस्थामा रहेको भने पुष्टि गरिएको छ । बीबीसी


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा