१२ मंसिर २०७८, आईतवार

टीकापुरको बलायर सोयाबिन उद्योगमा आगलागी

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार १२:३४


अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

१२ कार्तिक, टीकापुर ।  कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज बिहान आगलागी भएको छ । बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब रु चार करोड क्षति भएको छ । बिहान करीब ४ बजेतिर विद्युत् चुहिई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको सञ्चालक मनीष बलायरले जानकारी दिए ।

आज बिहान ६ बजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा