१९ मंसिर २०७८, आईतवार

नरेश र समिक्षाकाे चौतारीमा सोल्टि ज्यु ! पिपलू बर

प्रकाशित मिति :  १४ कार्तिक २०७७, शुक्रबार १७:५१


१४ कार्तिक, काठमाडौं । पछिल्लो समय दर्शकश्रोताले निकै मन पराएका सबैको मन जित्न सफल जोडी नरेश खाती र समिक्षा अधिकारीको संयुक्त आवाजमा ‘पिपलू बर’ भर्खरै सार्वजनिक भएको छ ।

‘माया मारेर, नजाउन निरमाया एक्लै पारेर’ गीत गाएर दर्शकश्रोताको मन जित्न सफल खाती र अधिकारको संयुक्त आवाजमा रहेको दोस्रो गीत पिपलू बर भिडियोसहित सार्वजनिक भएको हो । गायक स्वयम् खातीकै शब्द संगीत रहेको गीतमा कलाकार पल शाह र अस्मिता पन्तको अभिनय रहेको छ ।

‘चौतारीमा सोल्टिज्यु पिपलू बर, तिमीनै हौ सोल्टि ज्यु मेरो त को छ र ? ’ गीतमा आफुले माया गर्नेमान्छेलाई आफ्नो प्रेम दर्शाईएको छ । विक्रम चौहानको निर्देशन रहेको गीतलाई विशाल ईन्टरटेन्मेन्टको अफिसियल युट्युव मार्फत समर्वजनिक गरिएको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा