रात्रिकालीन खेल हेर्ने विराटनगरवासीको चाहना पूरा हुँदै
नेपालबहस संवाददाता
कात्तिक १४, २०७७ शनिबार ४:६:१९
१४ कार्तिक, मोरङ । विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मंसिरदेखि पूरा हुने भएको छ । वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकूद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले पूरा गर्न लागेको हो ।
सरकारको लगानीबाट पहिलोपटक यस क्षेत्रमा उक्त फ्लड लाइट जडान गर्न लागिएको काठमाडौको दशरथ रङ्गशालापछि यो दोश्रो रहेको मानिन्छ । प्रदेश सरकारको रु पाँच करोडको लगानीमा फ्लड लाइट जडान गरिने भएको हो । विराटनगरको शहीद रङ्गशाला रात्रि खेलकूदका लागि आवश्यक पर्ने फ्लड लाइटका सम्पूर्ण सामग्री आज रङ्गशालाको मैदान आइपुगेको छ । जडान गर्ने कार्य आगामी मङ्सिर भित्रमा काम सम्पन्न हुनेछ ।
गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी रु चार करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो ।
सामग्रीको अनुगमनपश्चात प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बन्दाबन्दीका कारण निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको बताउँदै अब ढिलाइ नहुने बताए । ठेकेदार कम्पनीका प्रोपाइटर गणेश कार्कीले कोभिड १९ का कारण निर्माण सामग्री ल्याउन नसकेकाले जडानमा ढिलाइ भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजस्थानमाथि दिल्ली २० रनले विजयी
बैशाख २६, २०८१ बुधबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ
बैशाख २६, २०८१ बुधबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार