११ मंसिर २०७८, शनिबार

कसरी पाइरेसी भयो छ माया छपक्कै ?

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १३:२०


१६ कार्तिक, काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको सफल चलचित्र ‘छ माया छपक्कै’ पाइरेसी भएको छ । चलचित्र युट्युबबाट पाइरेसीमा परेको हो । कपिराइट सङअल नामक च्यानलबाट चलचित्र अपलोड भएपछि दीपकराजलाई तनाव भएको छ ।

चलचित्र गतबर्ष हलमा रिलिज भएको थियो भने ‘चलचित्र एप’मा पनि यो चलचित्र रिलिज भएको छ । यस्तै, चलचित्रलाई डीस होममा पनि रिलिज गरिएको छ ।

यो चलचित्रको युटुब राइट्स आमा अग्नी कुमारीसँग छ । निर्माता रोहित अधिकारीले चलचित्रको पाइरेसी गर्ने व्यक्तिको खोजी भैरहेको र कानुनी कारवाही गरिने बताएका छन् । यसअघि दीपकराजको चलचित्र पाइरेसी भएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा