११ मंसिर २०७८, शनिबार

सरकारको चरम लापरवाही, तीन दिनसम्म संक्रमितको शव अस्पतालमै !

प्रकाशित मिति :  १७ कार्तिक २०७७, सोमबार १०:०९


१७ कात्तिक, विराटनगर । उपचार खर्च नतिरेको भन्दै मोरङको विराट मेडिकल कलेजले कोरोना संक्रमितको शव अस्पतालमै राखेको छ । शनिबार बिहान उपचारका क्रममा मृत्यु भएका विराटनगर–३ का ६५ वर्षीय तामाङ थरका पुरुषको शव अस्पतालले आफन्तलाई दिन इन्कार गरेको हो ।

उपचारको क्रममा उठेको बिल अनुसारको रकम तिर्न नसक्दा अस्पतालले शव नदिएको आफन्तको भनाई छ । एक बोर्डिङ स्कुलमा सवारी चालकको रुपमा कार्यरत ती पुरुषलाई ६ कात्तिकमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । शनिबार बिहान करिब ८ बजे उनको मृत्यु भएको थियो ।

भएको पैसा उपचारमा सकिएपछि बाँकी पैसा नहूँदा अस्पतालको बिल तिर्न नसकिएको मृत्तकका आफन्तको भनाई छ । सरकारले संक्रमितको उपचार र दाहसंस्कार निःशुल्क गर्ने गरेको छ ।

तर पहुँच आधारमा दाहसंस्कार अर्थात शव व्यवस्थापन हुन थालेपछि गरीब निमुखा मारमा परेका छन् । पछिल्लो समय संक्रमितको उपचार र शव व्यवस्थापनमा चरम लापरवाही गरिरहेको सरकारका कारण गरीब जनताले दुःख पाइरहेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा