१२ मंसिर २०७८, आईतवार

प्रताप, एन्जिला र मिस्टर आरजेको प्रेमिका सार्वजनिक

प्रकाशित मिति :  १७ कार्तिक २०७७, सोमबार ११:३७


१७ कार्तिक, काठमाडौं । डान्स स्टुडियो ‘डी वाकु’को निर्माणमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका एन्जिला रेग्मीको आवाज र मिस्टर आरजेको र्यापमा सजिएको गीत ‘प्रेमिका’मा डी पी खनालको शब्द र भिम बिसीको संगीत रहेको छ ।

बद्री बिस्ट र रियाषा दाहालको मुख्य अभिनय तथा नृत्य रहेको भिडियोमा डी वाक र नेपाली ठिटोज टिमले साथ दिएका छन । बिस्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बनाइरहेको निर्माता डी वाक’ले यो भिडियोलाइ पनि पहिलाको भिडियोहरुलाई जस्तै युवायुवतीहरुले मन पराउने विश्वास लिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा