आइतबार , मंसिर १४, २०७७

अनुगमन नहुँदा हराए एक लाख अनुदान लिएर खुलेका सहकारी पसलहरु

अनुगमन नहुँदा हराए एक लाख अनुदान लिएर खुलेका सहकारी पसलहरु

१८ कार्तिक, सिमकोट ।  स्थानीयवासीलाई सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हुम्लामा सञ्चालनमा आएका छैनन् ।

सरकारले साविक जिल्ला कृषि विकास कार्यालयमार्फत मूलपुँजीवापत तत्कालीन हुम्ला जिल्लाका २७ गाविसमा एक–एक सहकारी पसल स्थापना गरी प्रतिगाविस रु एक लाखका दरले रकम उपलब्ध गराएको थियो ।

अनुदान उपलब्ध गराए पनि सम्बन्धित निकायबाट अनुगमनको व्यवस्था नहुँदा जिल्लामा अनुदान लिएर खुलेका २७ वटै सहकारी पसल हराएपछि सरकारले अघि सारेको ‘गाउँगाउँमा सहकारी घरघरमा भकारी’को नारासमेत अलपत्र परेको छ ।

सरकारको अनुदान सहयोगमा खोलिएका सहकारी पसल जिल्लाको कुनै गाउँमा नभएको र शुरुमा पसलमा सामान नभए पनि ‘पसल छ है’ भनेर देखाउनका लागि बोर्ड झुण्ड्याइएका थिए । ती बोर्ड पनि आजभोलि कतै भेटिँदैनन् ।

डा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सरकारले एक गाविस एक सहकारीको नारा दिएर सहकारी पसललाई मूलपुँजीवापत रु एक लाखका दरले अनुदान उपलब्ध गराएको थियो । हुम्लामा त्यतिबेला २७ गाविस भएकाले सबै गाविसका एक–एक सहकारी पसलले अनुदान लगेको पाइन्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गणेशलाई किन तुलसी चढाउनु हुँदैन, शास्त्रमा के भनिएको छ ? गणेशलाई किन तुलसी चढाउनु हुँदैन, शास्त्रमा के भनिएको छ ? ६ दिन पहिले
सामुदायिक वनमा आगलागी हुँदा साना बिरुवा जलेर नष्ट सामुदायिक वनमा आगलागी हुँदा साना बिरुवा जलेर नष्ट ४ दिन पहिले
“अलटाइम हाई” विन्दुमा नेपाली दोश्रो बजार तर सानो करेस्कन आउने सम्भावना कति ? “अलटाइम हाई” विन्दुमा नेपाली दोश्रो बजार तर सानो करेस्कन आउने सम्भावना कति ? ३ दिन पहिले
प्रचण्डकाे प्रतिवेदनप्रति आक्रोशित ओलीले दिए ३८ पृष्ठको जवाफ [ हेर्नुस् पूर्णपाठ ] प्रचण्डकाे प्रतिवेदनप्रति आक्रोशित ओलीले दिए ३८ पृष्ठको जवाफ [ हेर्नुस् पूर्णपाठ ] १४ घण्टा पहिले
रोमाञ्चक खेल प्याराग्लाइडिङ रोमाञ्चक खेल प्याराग्लाइडिङ ७ दिन पहिले
नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि ३६ मिनेट पहिले
नाम परिवर्तन नगर्न भन्दै राप्रपाले बुझायो ज्ञापनपत्र नाम परिवर्तन नगर्न भन्दै राप्रपाले बुझायो ज्ञापनपत्र ५ दिन पहिले
महासंघको निर्वाचन तयारी पुरा, प्रधान समुह ७५ प्रतिशत मतसहित विजयी हुनेमा ढुक्क महासंघको निर्वाचन तयारी पुरा, प्रधान समुह ७५ प्रतिशत मतसहित विजयी हुनेमा ढुक्क २ दिन पहिले