जबज ब्यूँताएर प्रचण्डलाई लघार्ने ओलीको दाउपेच
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार १८:२६:२४
२० कार्तिक, काठमाडौं । पार्टीभित्र अल्पमतमा परेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अब नयाँ रणनीति बनाएर अघि बढ्दैछन् । पूर्व नेकपा माओवादीसँगको लगनगाँठो फुकाउने कसरत गर्न थालेका ओलीलाई पूर्व एमालेकै माधवकुमार नेपाल पक्षले साथ नदिएको भन्दै सैद्धान्तिक भूत जगाउने रणनीति तयार पारेका छन् ।
यसका लागि ओली पक्षले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)लाई फेरि व्यूँताउने तयारी थालेका छन् । पहिलो चरणमा हिजो मात्रै ओलीको अगुवाईमा प्रदेश नम्बर १ का कार्यकर्तासँग यसबारे अन्तक्रिया भएकाे छ । भर्चुुअलमार्फत ओली र अर्का नेता ईश्वर पोखरेलले पूर्वका कार्यकर्ताहरुलाई जबजमार्फत जोड्ने प्रयत्न थालेका हुुन् ।
उक्त अन्तक्रियामा नेपाल पक्षले भने चासो देखाएको छैन । साे बेला प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पोखरेलले आफूनिकट नेताहरुलाई जबजलाई नै पार्टीको आधिकारिक लाइन बनाउन निर्देशन दिएका थिए । जबजलाई आत्मसात गर्न नसक्नेलाई पार्टीमा स्थान नहुने भन्दै ओलीले पार्टी एकताको अचूक अस्त्रका रुपमा यसलाई लिइएको दाबी समेत गरेका थिए ।
माओवादीसँग भएको एकताका बेला हाललाई जनताको जनवादलाई आधिकारिक सिद्धान्त मान्ने सहमति भएको थियो । तर ओलीले फेरि एक्कासी जबजलाई नै सैद्धान्तिक बटमलाइनका रुपमा बोकेका छन् । यसले माधव नेपाल पक्षलाई मनावैैज्ञानिक रुपमा प्रभावित पार्ने सोचका साथ ओलीले यस्ताे रणनीति अपनाएको बुुझ्न सकिन्छ । नेता नेपालले समेत जबज नै पार्टीको आधिकारिक लाइन हुनुपर्छ भन्दै विगतदेखि नै बोल्दै आएका छन् । ओलीले यस्तो धारणा अगाडि सारेपछि नेपाल पक्षलाई अफ्ठेरो परेको छ ।
अब प्रचण्डलाई सबैतिरबाट घेराबन्दीमा पार्न सकिने अनुमान ओली पक्षको छ । नेकपाबाट लघार्न सके उनी हैसियत बिनाको नेता बन्ने अनुमान गरेको देखिन्छ । १७ हजार नेपालीको ज्यान जाने गरी भएको सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डलाई युद्धबन्दी बनाउने धम्की यसअघि ओली पक्षले दिने गरेको थियो ।
पूर्व माओवादीलाई साथमा लिएर नेपाललाई तह लगाउने ओलीको प्रयास पछिल्लो चरणमा आएर विवादित भएकाले उनी यु टर्न गर्न बाध्य भएको अनुमान गरिएको छ । प्रचण्डले पार्टी भन्दा सरकारतिर बढी चासो देखाउन थालेकाले ओली चिढिएका हुन् । साथै, नेपाल पक्षको साथमा ओलीमाथि पटक पटक धावा बोलेको र मोर्चाबन्दी गरेको भन्दै अहिले सम्बन्ध चिसिएको छ ।
ओलीले अब भने प्रचण्डको औचित्य नै सकिएको जस्तो गरी पार्टी छाड्न जोड गरिरहेका छन् । आफूलाई सहयोग नगर्ने भए पार्टी नै अलग गर्न उनले प्रचण्डलाई भनिसकेका छन् । अब प्रचण्डलाई सबैतिरबाट घेराबन्दीमा पार्न सकिने अनुमान ओली पक्षको छ । नेकपाबाट लघार्न सके उनी हैसियत बिनाको नेता बन्ने अनुमान गरेको देखिन्छ । १७ हजार नेपालीको ज्यान जाने गरी भएको सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डलाई युद्धबन्दी बनाउने धम्की यसअघि ओली पक्षले दिने गरेको थियो ।
प्रचण्डको सबैभन्दा चर्काे आलोचना गर्ने ओलीले पार्टी एकता गराएर डाम्ने काम गरेका छन् । अब प्रचण्डको कुनै औचित्य छैन भन्ने बुुझाई ओली पक्षको छ । प्रचण्डले सहयोग नगर्ने बरु पीडा दिने छनक पाएका ओलीले नयाँ खेल सुरु गरेका हुन् । प्रचण्डसँगको साथ टुटाउन ओलीले जबजको फण्डा ल्याएका हुन् । यो रणनीतिले नेता नेपालाई प्रचण्डसँग छुटाउन सकिने बुुझाई ओली पक्षको रहेको छ ।
प्रचण्डलाई पार्टीबाट लघार्ने सजिलो उपाय पनि जबज नै हुने उनको बुुझाई रहेको छ । त्यसैले कुनै अप्रिय निर्णय लिनुप¥यो भने जबजलाई नै आवरणमा ल्याउने उनको सोच रहेको देखिएको छ । यसका लागि मदन भण्डारी फाउण्डेसनलाई सकृय बनाउने ओली पक्षको योजना रहेको छ । पूर्वबाट थालिएको अभियान अब निरन्तर अगाडि बढाउने ओली पक्षको तयारी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार