चापाकोटमा सामूहिक केराखेती शुरु
नेपालबहस संवाददाता
मंसिर २, २०७७ मंगलबार २०:१७:३१
२ मंसिर, स्याङ्जा । चापाकोटमा सामूहिक केरा खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी केराको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सामूहिक केरा खेती शुरु गरिएको हो । चार जना किसानले सामूहिक केराखेती थालेका हुन् ।
एक्लाएक्लै भन्दा सामूहिक रुपमा ज्ञान सीप आदानप्रदान गर्दै काम गर्दा सहजता हुने र लगानीमासमेत साझेदारी हुने भएकाले सामूहिक रुपमा केराखेती थालेको सञ्चालक गोपालप्रसाद घिमिरेले बताए ।
केराखेतीको सम्भावना राम्रो देखेर आम्दानीको रुपमा विकास गर्नका लागि चापाकोट–९ सुन्तलीटार निर्दिममा स्थानीयवासी गोपालप्रसाद घिमिरे, गङ्गाधर ज्ञवाली, मोहोनीलाल घर्ती र भूपराज घर्ती मिलेर गत वर्षदेखि ‘बीएफएफ बहुउद्देश्यीय कृषि फार्म’ दर्ता गरी व्यवसाय थालेका हुन् ।
“बन्दाबन्दी भन्दा अगाडिको समयमा भारतबाट एक हजार ५०० केराका बेर्ना ल्याएर नर्सरी ग¥यौं” सञ्चालक घिमिरेले भने, “बन्दाबन्दीका समयमा बेर्ना तयार भएपछि लगायौं, अहिले उत्पादन दिन थालेको छ ।” समूहले वार्षिक ५० हजारका दरले २० रोपनी जग्गा भाडामा लिएर सामूहिक खेती थालेको सञ्चालक मोहोनीलाल घर्तीले बताए ।
“अहिले १५ रोपनी क्षेत्रफलमा एक हजार ५०० केराका बोट छन्”, उनले भने, “अब बाँकी रहेको पाँच रोपनी क्षेत्रफलमा पनि केराका बोट थप गर्ने तयारी भइरहेको छ ।” रु सात लाखको लगानीमा थालिएको व्यवसायबाट पाँच वर्षसम्म आम्दानी लिन सकिने सञ्चालकको भनाइ छ ।
“पानी तानेर सिँचाइ गर्नुपर्ने भएकाले यसको व्यवस्थापनमा पहिलो चरणमा खर्च भएको छ, आगामी वर्षमा खर्चमा कटौती हुने र नाफा बढ्दै जाने छ”, सञ्चालक घर्तीले बताए । केरा बिक्रीबाट वार्षिक रुपमा रु चौध लाखका दरले पाँच वर्षमा रु सत्तरी लाख आम्दानी गर्ने दाबी सञ्चालकको छ ।
“यस समूहमा हामी सबै जना ५० वर्षभन्दा माथिका मात्रै संलग्न भई काम गरेका छौं”, सञ्चालक घिमिरेले भने, “युवाले पैसा कमाउनका लागि विदेशको विकल्प नदेखिरहेको अहिलेको अवस्थामा स्वदेशमै काम गर्न सके र बाँझो जमिनलाई सदुपयोग गर्न सकेको खण्डमा आम्दानीको स्रोत यहीँ छ भनेर उनीहरुलाई अभिप्रेरित गर्नका लागि पनि सहयोगी हुने विश्वास लिएको छु ।”
‘जी नाईन’ जातका केराका बिरुवा रहेको फार्ममा उत्पादन भएका केरा बिक्रीका लागि बजारको कुनै समस्या नरहेको सञ्चालक ज्ञवालीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
बैशाख २४, २०८१ सोमबार
मकैबालीमा कीराको प्रकोप बढ्दै, किसान चिन्तित
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार