शनिबार , मंसिर १३, २०७७

भारतमा मास्क नलगाउनेलाई २ हजार जरिवाना

भारतमा मास्क नलगाउनेलाई २ हजार जरिवाना
Rashtrapati Bhavan, home to the President of the world’s largest democracy, epitomizes India’s strength, its democratic traditions and secular character.

४ मंसिर, काठमाडौं । भारतमा मास्क नलगाउनेलाई २ हजार रुपैयाँ जरिवाना गराइने भएको छ । दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरीवाना गराउने भएको हो ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मानिसहरुलाई कोरोना भाइरस कोभिड–१९ को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताएका छन् । सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनाले कोरोना संक्रमणमा ठूलो कमी आउन सक्ने उनको भनाइ छ ।

केजरीवालले दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेडहरु रहेको दाबी गरे । उनले बिहीबार दिल्लीमा कोरोना संक्रमणको अवस्थाबारे अध्ययनको लागि सर्वपक्षीय बैठक बोलाएका थिए । केजरीवालले उक्त बैठकमा सबै पार्टी एक भई दिल्लीका नागरिकको सेवाको लागि तयार भएको जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय