हुलाकमा महिनौँदेखिका चिठ्ठीपत्र थन्किए
नेपालबहस संवाददाता
मंसिर ५, २०७७ शुक्रबार १९:३६:३१
५ मंसिर, सोलुखुम्बु । जिल्ला हुलाक कार्यालयमा महिनौँदेखिका चिठ्ठीपत्र थन्किएका छन् । कार्यालय प्रमुख सीता दुवाडीले नेपाल वायुसेवा निगमले फाप्लु विमानस्थलमा उडान नभर्दा ४२ केजी चिठ्ठीपत्र कार्यालयमा नै थन्किएको जानकारी दिए ।
हप्ताको दुई दिन आइतबार र मंगलबार काठमाडौं–फाप्लु उडान भर्दै आएको निगमले गत असोज १३ गतेदेखि उडान भर्न सकेको छैन । गत चैत ११ गतेपछि निगमले सो दिन पहिलो पटक उडान भरेको थियो । निजी हवाई कम्पनीका विमानले भने धमाधम उडान भरिरहेका छन् । समिट एयर फाप्लुका प्रमुख मिङ्मार शेर्पाका अनुसार उडान शुरु भएदेखिनै फाप्लु–काठमाडौं यात्रुको चाप पनि उच्च रहेको छ ।
अहिले काठमाडौं–फाप्लुका लागि सो एयरले आइतबार र बिहीबार तथा तारा एयरले सोमबार र बुधबार नियमित उडान भरिरहेका छन् । निगमका महाप्रबन्धक प्रकाश पौडेलले कर्मचारी अभावले निगमले उडान भर्न नसकेको जानकारी दिए।
कर्मचारीको अभावले निगमका दुई जहाजले पूर्वका ताप्लेजुङ, भोजपुर, खानीडाँडा र थामखर्क विमानस्थल खोटाङबाहेक उडान भर्न नसकेको जनाइएको छ । प्रविधिको विकाससँगै हुलाकमार्फत पछिल्लो समय निजीभन्दा पनि सरकारी पत्र बढी आदान प्रदान हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको निःशुल्क इन्टरनेट
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
भोटखोलामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालन
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार