अब प्रशासनबाट सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
मंसिर ५, २०७७ शुक्रबार २०:५५:८
५ मंसिर, पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले सेवा लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै विभिन्न छ प्रकारका सेवा लिन आउँदा परिचयपत्रको फोटोकपी अथवा उक्त परिचयपत्रका लागि विवरण दर्ता गराएको सुनिश्चित पेजको फोटोकपी सम्लग्न राख्नुपर्ने जनाएको छ ।
कार्यालयले राहदानी बनाउन तथा लिन, आदिवासी जनजाति सिफारिस लिन, संघ संस्था दर्ता तथा नवीकरण गर्न, पारिवारिक विवरण तथा नाता प्रमाणित गर्न र नाबालक सिफारिस गर्ने अभिभावकका साथ उक्त सामग्री सम्लग्न राख्नुपर्ने प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार सरकारले वित्तीय संस्थामा खाता खोल्न, चलअचल सम्पत्ति बिक्री गर्न, सामाजिक सुरक्षा भत्ता लिन, शेयर खरिद बिक्री गर्न, लोकसेवा आयोगको फाराम भर्न, राहदानी बनाउन, पानी, विद्युत् तथा टेलिफोनको विल तिर्न राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्न लागेकाले नागरिकता प्राप्त सबै व्यक्तिका लागि कार्यालयमा उक्त व्यवस्था गरिएको हो ।
परिचयपत्रको विवरण संकलन तथा राष्ट्रिय परिचयपत्र वितरणको काम जिल्लाबाट शुरुआत भएको थियो । यसको प्रयोग अनिवार्य गर्ने कार्यको शुरुआत पनि जिल्लाबाटै हुन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार