मंगलबार , मंसिर १६, २०७७

बुटवलमा दुई जना संक्रमितको मृत्यु

बुटवलमा दुई जना संक्रमितको मृत्यु

५ मंसिर,बुटवल । रुपन्देहीको बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा रुपन्देही र गुल्मीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुंगा नगरपालिका–१ का ६६ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

तिलोत्तमाका पुरुषमा २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

गुल्मीका पुरुषमा २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको र २८ गते अस्पताल भर्ना भएकोमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय