गाउँपालिकाले जोतिदिएको खेतमा १२ वर्षपछि लहलह धान !
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार १६:१८:५९
७ मंसिर, तम्घास। गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ ।
गाउँपालिकाले भूमि बैंकमार्फत जग्गाको तथ्याङ्क सङ्कलन गरी किसान र भूमिबीचको समन्वय गरेको थियो । स्थानीय किसानको १२ वर्षदेखि बाँझो खेतमा अहिले धान झुलेको छ । एकातर्फ काम गर्नेहरुको जग्गा नहुने र अर्कोतर्फ जग्गा भएकाहरुले काम नगर्ने वा बसाइँसराइ गरेर अन्यत्रै बस्ने गरेकाले गाउँपालिकाले भूमि बैंकको अवधारणा कार्यक्रम अगाडि सारेको हो । उक्त कार्यक्रमअन्तर्गत काम गर्न चाहने किसान र बाँझो जग्गाको लगत सङ्कलन गरिन्छ । गाउँपालिकाले काम चाहनेलाई खेत उपलब्ध गराई खेती गर्न प्रोत्साहित गर्ने गर्दछ ।
गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले भूमि बैंकमार्फत झण्डै २०० रोपनी बाँझो जग्गा जोतिएको जानकारी दिनुभयो । गाउँपालिकाले बाँझो जग्गाको लगत सङ्कलन गरी काम गर्न इच्छुक किसानलाई खेत प्रदान गर्ने थापाले बताए । यसका साथै खेतमा पहिलो चरणमा राख्ने रासायनिक मल पनि गाउँपालिकाले नै प्रदान गर्ने जानकारी दिए । गाउँपालिकाको यसै काममार्फत वडा नं ६ कुमालटारीमा १०० रोपनी बाँझो खेत जोती धानखेती गरिएको छ ।
कुमालटारी खाद्यान्न तथा तरकारी उत्पादक कृषक समूहका सदस्य बद्रीनाथ अर्यालले गाउँपालिकाले ट्र्याक्टरको प्रयोग गरी निःशुल्क खेत जोतिदिएकाले आफूहरुमा काम गर्ने उत्साह पलाएको बताए । स्थानीय किसान यमबहादुर शाहीले १२ वर्षदेखि बाँझो खेतमा अहिले यसरी लहलह धान झुल्ला भनेर आफूले नसोचेको बताए । “बसाइँसराइले गर्दा मानिसले गाउँ छाडेपछि खेत पनि बाँझो भए ।
गाउँपालिकाले भूमि बैंकमार्फत बाँझो जग्गा जोतिदिने अभियान ल्याएपछि कुमालटारीका युवा सामूहिक खेतीतर्फ आकर्षित भएका छन्”, उनले भने । उक्त कार्यक्रमअन्तर्गत अहिले करिब ३० जनाको ६० रोपनी खेतमा १५ जना मिलेर सामूहिक धानखेती गरेका छन् । यसमा रु ७५ हजार लागत परेको र १०० मुरी धान उत्पादन हुने लक्ष्य छ । समान परिश्रम र समान प्रतिफल हुने नियम बनाइएको छ ।
कुमालटारीमा मात्रै १०० रोपनी खेतमध्ये व्यक्तिगत र सामूहिकमा गरी कूल ८५ मुरी धान उत्पादन भइसकेको शाहीले बताए । रेसुङ्गा नगरपालिका र गुल्मीदरबारको बठुकारखोला भन्ने छ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको छ । गाउँपालिकाको उक्त कार्यले किसानमा खुशी छाए पनि गाउँको बसाइँसराइ रोक्नका लागि कृषिमा थप योजना ल्याउनुपर्ने कृषकको भनाइ छ । कृषक कृष्णप्रसाद ज्ञवालीले थप कृषि औजार, आवश्यक मललगायतको व्यवस्था हुनुपर्ने धारणा राखे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
बैशाख २४, २०८१ सोमबार
मकैबालीमा कीराको प्रकोप बढ्दै, किसान चिन्तित
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार