कोरोना संक्रमणबाट मोरङमा थप दुईको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ बिहिबार २०:२८:३६
११ मंसिर, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप दुईजनाको मृत्यु भएको छ । लेटाङ र रतुवामाई घर भएका दुई जना संक्रमितको मृत्यु भएको हो । लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि मंसिर ९ गते मंगलबार उनी मेडिकल कलेजमा भर्ना भएका थिए । श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या मृतकमा थियो । गम्भीर अवस्थामा अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो । यस्तै रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजे मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजिटिभ आएको थियो । मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार