ओलीको चाहनाः प्रचण्ड आउट
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ आइतबार १९:३:५४
१४ मंसिर, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेकपा अध्यक्ष केपी ओलीले हिजो सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सम्पूर्ण रुपले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित देखिएको छ । यद्यपि यसअघि प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन सचिवालयका पाँच जना बहुमत सदस्यले तयार गरेका थिए । तर हिजोको बैठकमा प्रधानमन्त्री ओलीले प्रष्ट शव्दमा प्रचण्डलाई आरोप पुष्टि गर्न चुनौती मात्र दिएनन् नसक्दा त्यसबाट उत्पन्न परिणामको जवाफदेहिता लिनसमेत आदेश दिए ।
ओलीले यस्तो सन्देश दिएपछि प्रचण्ड भने तनावमा आएका छन् । हिजै साँझ प्रचण्डले निकट नेताहरुसँग समीक्षात्मक छलफल गरे । ओलीले पूर्व माओवादीलाई पार्टीबाट बाहिरिउन् भन्ने सोचका साथ यस्तो व्यवहार गरेको भएपनि बहुमत सदस्य आफ्नै पक्षमा रहेकाले आत्तिनुपर्ने अवस्था चाहिं नरहेको नेताहरुले ठहर गरेका छन् ।
ओलीले बहुमतको निर्णय नमान्ने कुरा हिजैपनि बताए । बैठकमा उनले प्रचण्डले ल्याएको १९ पृष्ठको बदला त्यसको दोब्बर पृष्ठको जवाफ दिएका छन् । ३८ पृष्ठ लामो ओलीको प्रतिवेदनले प्रचण्डलाई विगत स्मरण गर्न सुझाएको छ । यसैबाटसमेत ओली आफूलाई प्रचण्डभन्दा दोब्बर हैसियतवाल देखाउन चाहन्छन् भन्ने पुष्टि गर्छ ।
ओलीले प्रस्तुत गरेको प्रतिवेदनले मुख्य त तीनवटा कुरामा जोड दिएको छ । पहिलो भनेको जनताबाट निर्वाचित प्रधानमन्त्री भएकाले कसैले भनेका भरमा छाड्नेवाला छैन । प्रधानमन्त्रीबाट हटाउने भए अर्काे निर्वाचनमा आफूलाई हराउनुपर्छ । साथै, महाधिवेशनले नै आफूलाई पार्टी अध्यक्ष चुनेकाले कसैले भन्दैमा छाड्नेवाला छैन् ।
अहिले संक्रमणकाल भएकाले पार्टी विधानले बहुमत अल्पमतको कुनै परिकल्पना नगरेको तर्क उनको रहेको छ । त्यसैले उनले निर्वाचन अघि प्रधानमन्त्रीबाट नहट्ने र महाधिवेशनबाट मात्रै आफूलाई भूतपूर्व बनाउन सकिने तर्क प्रस्तुत गरेका छन् । उनले प्रधानमन्त्री र पार्टी अध्यक्षमा कक्षा नदोह¥याउने भनी यसअघि भन्दै आएकोमा अब यो सशर्त मात्र पूरा हुने संकेत गरेका छन् । हिजोको सचिवालय बैठकमा उनले भनेका छन्– पार्टीको र सरकारको नेतृत्वका लागि अब म प्रतिस्पर्धा गर्दिन तर त्यसका लागि मैले मात्रै किन त्याग गर्ने ? सबै नेताले नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार भए म पनि त्याग गर्न तत्पर छु ।
ओलीले प्रष्ट भनेका छन् – म जनताबाट निर्वाचित प्रधानमन्त्री भएकाले मैले सत्ता लम्ब्याउन संसद विघटन, संकटकाल लगाउनेजस्ता कमजोर हतियार प्रयोग गर्नु पर्दैन । बरु उनले आवश्यक परे पार्टी विभाजनको सम्भावना चाहिं औंल्याएका छन् ।
ओलीको यो भनाईले पार्टीका शीर्ष नेताहरुमाथि चर्काे दबाब परेको छ । खासगरी पार्टी नेतृत्व र सरकारको नेतृत्व गर्न तम्तयार प्रचण्ड र अर्का नेता माधवकुमार नेपाललाई ओलीको शर्तले पिरोलेको छ । ओलीले आफूसँगै प्रचण्ड, नेपाल, झलनाथ खनालहरुलाई समेत प्रतिस्पर्धाबाट बाहिर आउन दबाब दिन खोजेका छन् । ओलीको यो भनाईले दोस्रो पुस्ताका नेताहरुको मन मस्तिष्क भुट्ने काम गरेको छ । तर प्रचण्ड र नेता नेपाल ओलीको यस्तो शर्त मान्न तयार हुने अवस्था छैन् । त्यसैले अर्काे पटकसमेत ओली पार्टी अध्यक्षको उम्मेदवार हुन सक्ने अनुमान गरिएको छ ।
ओलीले हिजो सचिवालय बैठकमा प्रस्तुत गरेको प्रतिवेदनले अब नेकपामा या त प्रचण्ड या ओली रहने अवस्था आएको स्पष्ट संकेत गरेका छन् । उनले भनेका छन् – ममाथि लगाइएका आरोपहरु या त पुष्टि गरी प्रचलित कानून बमोजिम कारबाही गर्नुहोस् वा त्यसबाट उत्पन्न परिणाम भोग्न तयार रहनुहोस् । ओलीले प्रचण्डलाई सोझै यस्तो आरोप लगाउँदा सचिवालय सदस्यहरुले त्यसको प्रतिवाद गरेनन् । जबकी प्रचण्डले पेश गरेको प्रतिवेदन पाँच जना सचिवनलय सदस्यले तयार गरेको दस्ताबेज थियो ।
ओलीले राजनीतिमा सहमत असहमत हुन पाइन्छ, तर त्यसलाई तर्क र तथ्यले पुष्टि गर्न सक्नुपर्ने भन्दै प्रचण्डलाई सधैं राजनीतिमा अल्झिरहनुभन्दा निवृत्त जीवन बाँच्न समेत सक्नुपर्ने भन्दै घुमाउरो पाराले पार्टी जीवनबाट विश्राम लिन सुझाव दिएका थिए । ओलीको लामो र पट्यारलाग्दो प्रत्यूत्तरपत्र सुनेपछि प्रचण्डले केवल यत्ति भने– प्रधानमन्त्रीजीमा अझै सुधारको संकेत देखिएन बरु अहंकार र दम्भपूर्ण सोच नै हावी भएकाले त्यसको छिनोफानो पार्टीले गम्भिर छलफल गरी गरोस् ।
नेता नेपालले अबको बैठकमा राख्ने प्रस्तावलाई यदि ओली पक्षले अस्वीकार गर्ने अवस्था आयो भने सचिवालय नै बिघटन गरी सबै निर्णय स्थायी कमिटीलाई गर्न दिने प्रस्ताव आउन सक्ने सम्भावना पनि औंल्याइएको छ ।
यसैगरी ओलीले आफ्नो प्रतिवेदनमार्फत दिएको अर्काे सन्देश हो – कसैसँग पनि भिड्न तयार छु । ओलीले प्रष्ट भनेका छन् – म जनताबाट निर्वाचित प्रधानमन्त्री भएकाले मैले सत्ता लम्ब्याउन संसद विघटन, संकटकाल लगाउनेजस्ता कमजोर हतियार प्रयोग गर्न पर्दैन । बरु उनले आवश्यक परे पार्टी विभाजनको सम्भावना चाहिं औंल्याएका छन् । त्यसलाई पुष्टि गर्दै उनले भनेका छन् – मन नमिल्दा पार्टी विघटन वा विभाजन गर्न सकिन्छ । ओलीको यो भनाईले भोलि मन मिलेन भने विभाजनको सम्भावना रहेको देखाउँछ ।
ओलीले सम्पूर्ण रुपमा प्रचण्डमाथि नै रिस खन्याएकाले अबको निकास के होला भनेर नयाँ बहस सुरु भएको छ । तर बहुमत सचिवालय सदस्यहरु भने ओलीको अहंकार अझै चुलिएकाले त्यसै छाड्न नहुने पक्षमा दृढ देखिएका छन् । त्यसका लागि आवश्यक परे स्थायी कमिटीले अर्काे कडा निर्णय लिन सक्नेतर्फ उनीहरु सचेत देखिएका छन् । आज बिहान प्रचण्ड र नेता नेपालबीच यस सन्दर्भमा छलफल भएको स्रोतको भनाई छ ।
अब १६ गते बस्ने सचिवालय बैठकमा नेता नेपालले ओली र प्रचण्डको प्रस्ताबबारे समीक्षात्मक टिप्पणी गर्ने भएका छन् । साथै, दुबै अध्यक्षको प्रतिवेदन स्थायी र केन्द्रीय कमिटीमा छलफलका लागि पेश गर्नुपर्ने सुझाव दिने छन् । तर ओली पक्षले भने नेपालले राख्ने यस्तो सुझावलाई स्वीकार्ने सम्भावना भने कमै रहेको स्रोतको भनाई छ ।
सचिवालय बैठकका निर्णय कार्यान्वयन गर्न समस्या भएपछि त्यसको औचित्य नै नरहेको धारणा स्वयं सचिवालय सदस्यहरुले राख्ने गरेका छन् । नेता नेपालले अबको बैठकमा राख्ने प्रस्तावलाई यदि ओली पक्षले अस्वीकार गर्ने अवस्था आयो भने सचिवालय नै बिघटन गरी सबै निर्णय स्थायी कमिटीलाई गर्न दिने प्रस्ताव आउन सक्ने सम्भावना पनि औंल्याइएको छ ।
जेसुकै भएपनि सत्ताधारी दलभित्र देखापरेको यो रडाकोले अबको केही दिनमै एउटा निश्चित बाटो भने तय गर्ने अवस्था निर्माण भएको छ । ओलीले भने जस्तै अब नेकपा भित्र दुई अध्यक्ष बस्ने अवस्था चाहिं सकिएकै जस्तो छ । त्यसका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार