सन् २०३२ को ओलम्पिकका लागि क्वीन्सल्यान्डले दाबी गर्ने
नेपालबहस संवाददाता
मंसिर २२, २०७७ सोमबार २१:२९:१७
२२ मंसिर, सिड्नी । अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यले सन् २०३२ को ओलम्पिक खेल आयोजनाका लागि आफूले प्रस्ताव अगाडि सार्ने घोषणा गरेको छ । कोरोना भाइरस महामारीका कारण ओलम्पिक खेल आयोजना गर्नेसम्बन्धी यसअघि गरिएका तयारी स्थगन गरिए पनि अब चाँडै यसबारेमा प्रयत्न थालिने उक्त राज्यका अधिकारीहरुले बताएका छन् ।
राज्यकी मुख्यमन्त्री अनास्तासिया पालास्जुकले सोमबार ओलम्पिक कार्यदल गठन प्रक्रिया थालनी गरिएको जानकारी दिए । उनले कार्यदलको सुझाव बमोजिम क्विन्सल्यान्डमा ओलम्पिक खेल ल्याउन प्रयत्न गरिने बताए । उनले कार्यदलका सदस्यहरुले सन् २०२१ को जुलाई २३ का लागि तय भएको टोक्यो ओलम्पिकका गतिविधिलाई नजिकबाट नियालीरहेको जानकारी दिए । उनले भने, “कोरोना भाइरसको संकटपछिको विश्वमा टोक्यो ओलम्पिकको विकासक्रमलाई हामीले ध्यान दिनुपर्छ ।”
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अस्ट्रेलियाली ओलम्पिक कमिटीका अध्यक्ष जोन कोट्ससँग सोमबार नै मुख्यमन्त्री पालास्जुकले भेटवार्ता गरेका थिए । कोट्सका अनुसार सन् २०३२ को ओलम्पिक आयोजनाका लागि हालसम्म मोटामोटी पाँचवटा देशले चासो देखाएका छन् । कोट्सले अस्ट्रेलियामा कोरोनाभाइरसको संक्रमण लगभग नियन्त्रणमा आइसकेकाले सबै अस्ट्रेलियावासीले ओलम्पिक खेलको आयोजनाका बारेमा सकारात्मक रुपमा सोच्न सक्ने बताए ।
उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले जापानका प्रधानमन्त्री योसिहिडे सुगासँग गत महिना टोक्योमा भेटवार्ता भएको र टोक्यो ओलम्पिक निर्धारित मितिमै हुनेमा दुबै नेता सहमत भएको पनि जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द
बैशाख २६, २०८१ बुधबार
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी कर्णेल पक्राउ
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ
बैशाख २६, २०८१ बुधबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार